देउखुरीकाे राप्ती गाउँपालिका सहित दाङका तीन पालिकाहरुमा आईसोलेशन सेन्टर खाली



देउखुरीकाे राप्ती गाउँपालिका सहित दाङका तीन पालिकाहरुमा आईसोलेशन सेन्टर खाली

दाङ १३ माघ । दाङका कतिपय पालिकाहरुमा आईसोलेशन खाली भएका छन् । जिल्लाका पालिकाहरुमा कोरोना संक्रमितहरु होम आईसोलेशनमा बस्न थालेपछि आईसोलेशन सेन्टरका वेड खाली बनेका छन् ।

देउखुरीकाे राप्ती गाउँपालिका, गढवा गाउँपालिका र बंगलाचुली गाउँपालिकामा कोरोना संक्रमित विरामीहरुका लागी आईसोलेशन सेन्टर तथा स्वास्थ्य चौकीमा तयारी अवस्थामा राखिएका वेडहरु खाली भएका छन् । ती पालिकाहरुमा संक्रमित भएका विरामीहरु अधिकांश सामान्य अवस्थाका भएपछि घरमै बस्न थालेका छन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे