देउखुरीकाे राप्तीमा १४ जना सहित दाङमा बिहिबार थप ७८जनामा कोरोना पुष्टि, ३९ जना निको



देउखुरीकाे राप्तीमा १४ जना सहित दाङमा बिहिबार थप ७८जनामा कोरोना पुष्टि, ३९ जना निको

दाङ १३ माघ । देउखुरीकाे राप्ती गाउँपालिकामा १४ जना सहित दाङमा बिहिबार थप ७८ जनामा कोरोना संक्रमण पुुष्टि भएको छ । ५० जनाको पिसिआर परिक्षणबाट २४ जना र ८५ जनाको एन्टीजेन परिक्षणबाट ५४ जनामा कोरोना संक्रमण पुुष्टि भएको हो ।

यस्तै बिहिबार थपिनेमा घोराहीका २४, तुलसीपुरका २२, दंगीशरणका १२, राप्तीका १४, गढवा २ तथा लमही र जिल्ला बाहिरका १÷१ जनामा कोरोना देखिएको हो । आज ७८ जना थपिएसँगै दाङमा सकृय बिरामीको संख्या ४ सय ७० पुगकोे छ ।

उनीहरु मध्ये ४ सय ६२ जना घरमै, ६ जना आईसीयुुमा र २ जना अक्सिजन सहितको उपचारमा रहेको जिल्ला आपतकालिन कार्य सञ्चालन केन्द्र दाङले जनाएको छ ।

यसैबीच बिहिबार मात्रै थप ३९ जना कोरोना स‌क्रमणमुक्त भएका छन् । यसरी कोरोना स‌क्रमणमुक्त  हुनेमा  घोराहीका १४, राप्तीका ७, लमहीका ६, तुलसीपुरका ४, दंगिशरणका ३, गढवाका १ र जिल्ला बाहिरका ४ जना गरी ३९ जना निको भएका हुन् ।

दाङमा बैशाख यता कोरोना संक्रमित हुनेको संख्या १० हजार ३ सय ८५ जना रहेको छ । ति मध्य ९ हजार ६ सय ९६ जना निको भएका छन् भने २ सय १९ जनाको मृत्युुभएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे