घोराहीमा २ सय ७ कुुकुुरको बन्ध्याकरण र रेविज विरुद्ध खोप



घोराहीमा २ सय ७ कुुकुुरको बन्ध्याकरण र रेविज विरुद्ध खोप

घोराही १३ माघ । घोराहीमा ५ दिनको अवधिमा २ सय ७ कुुकुुरलाई बन्ध्याकरण तथा रेविज विरुद्ध खोप लगाउने काम सम्पन्न भएको छ । घोराही उपमहानगरपालिका पशुु सेवा शाखाको आयोजना तथा भेटेरीनरी अस्पताल तथा पशु सेवा बिज्ञ केन्द्र दाङको प्राविधिक सहयोगमा गत आईतबारदेखी सुरु भएको ५ दिने निशुुल्क कुुकुुरहरुको बन्ध्याकरण गर्ने र रेविज विरुद्ध खोप लगाउने कार्यक्रम आज एक कार्यक्रम गरी समापन गरिएको हो ।

पशुु सेवा शाखाका प्रमुख जिबराज पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा बोल्ने बक्ताहरुले रेबिज जस्ता प्राण घातक रोगबाट नागरिकलाई बचाउन यस्ता कार्यक्रमले महत्वपुर्ण भुमिका खेल्ने बताएका थिए । शिविरबाट १ सय ३१ कुकुरको बन्ध्याकरण गरिएको हो भने २ सय ७ कुकुरलाई रेविज विरुद्ध खोप लगाईएको हो ।

जसमा ७४ घरपालुवा र १ सय ३३ छाडा कुकुर रहेका छन् । यस्तै आज मात्रै ४३ कुकुरलाई खोप लगाउनुका साथै १७ कुकुरको बन्ध्याकरण गरिएको हो । घोराही बजार क्षेत्रमा केही दिनपहिले ३५ जना बढी व्यक्तिलाई बौलाह कुुकुरले टोकेपछि यो अभियान थालिएको थियो । साथै कुुकुुरले टोकेका मानिसका लागि रेविज विरुद्धको खोप राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा निशुुल्क व्यवस्था गरिएको पशुु सेवा शाखाका खिम बस्नेतले जानकारी दिनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे