घाेराहीमा सञ्चालित पत्रकारहरुका लागि क्षमता अभिवृद्धि तालिम सम्पन्न



घाेराहीमा सञ्चालित पत्रकारहरुका लागि क्षमता अभिवृद्धि तालिम सम्पन्न

दाङ १२ माघ । दाङकाे घाेराहीमा सञ्चालित पत्रकारहरुका लागि क्षमता अभिवृद्धि तालिम बुधवार सम्पन्न भएकाे छ । घाेराही उपमहानगरपालिकाकाे आर्थिक सहयाेगमा  नेपाल पत्रकार महासंघ दाङले आयोजना गरेको तीन दिने विविध विधामा आधारित पत्रकारहरुका लागि क्षमता अभिवृद्धि तालिम सम्पन्न भएको हाे ।

पत्रकार महासंघ दाङका अध्यक्ष दुर्गालाल केसीकाे अध्यक्षता एवम्  पत्रकार महासंघका केन्द्रिय उपाध्यक्ष उदय जिएमकाे प्रमुख आतिथ्यतामा भएकाे तालिम समापन कार्यक्रममा बोल्दै  उपाध्यक्ष  जिएमले समाचार लेख्नु भन्दा पहिला पत्रकार आचार संहिता अध्ययन गर्न जरुरी रहेकाे बताएका छन् । त्यस्तै उनले  पत्रकारिता पेसालाई इमान्दार रुपमा अगाडि बढाउन खोज पत्रकारीता गर्नुपर्ने सुझाव समेत दिएका छन् ।

उपाध्यक्ष जिएमले पत्रकारिता तथा सञ्चार क्षेत्र समाज परिवर्तनको महत्वपूर्ण अंग भएकाले अनिमियतता रोक्ने कार्यमा पनि उत्तिकै भूमिका रहेको बताए । साथै तालिममा सिकेका कुरालाई व्यवहारमा कार्यान्वयन गर्न पनि आग्रह गरेका थिए ।

तालिममा डिजिटल अनलाईन मिडिया, रेडियो, टिभि, छापा लगायतमा कार्यरत पत्रकार तथा सञ्चारकर्मीहरुकाे सहभागिता रहेको थियो । तालिमको प्रशिक्षकमा नेपाल पत्रकार महासंघका केन्द्रिय अध्यक्ष विपुल पोख्रेल, महासंघ दाङका अध्यक्ष दुर्गालाल केसी, प्रेस काउन्सील नेपालका सदस्य शरद अधिकारी, पत्रकारहरु नरेन्द्र केसी, लक्ष्मी आचार्य, टिकाबहादुर बस्नेत, महासंघ दाङका उपाध्यक्षद्धय सन्तोष सुवेदी, बसुन्धरा गौतम, महासंघ दाङका पुर्व सचिव भुपेन्द्र वली रहेका थिए । सोमबार बाट सुरु भएको तालिममा ६० जना भन्दा पत्रकार तथा सञ्चारकर्मीहरु सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे