राष्ट्रियसभाको बैठक माघ १७ गतेका लागि आह्वान



राष्ट्रियसभाको बैठक माघ १७ गतेका लागि आह्वान

काठमाडौं १३ माघ । अनिश्चितकालका लागि स्थगित गरिएको राष्ट्रियसभाको बैठक माघ १७ गतेका लागि आह्वान गरिएको छ । यसअघि माघ २ गते अनिश्चितकालका लागि स्थगित गरिएको बैठक माघ १७ गते सोमबार दिउँसो १ बजे बस्ने गरी आह्वान गरिएको हो ।

संघीय संसद सचिवालयका महासचिव भरतराज गौतमले सूचना जारी गरी राष्ट्रियसभाका अध्यक्षले बैठक बोलाएको जानकारी दिएका छन् । लामो समयदेखि पटक पटक स्थगित हुँदै आएको प्रतिनिधिसभाको बैठक पनि माघ १६ गतेका लागि आह्वान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे