देउखुरीको राप्ती गाउँपालिकामा बुधबार थप १५ जनामा कोरोना संक्रमण पुष्टि



देउखुरीको राप्ती गाउँपालिकामा बुधबार थप १५ जनामा कोरोना संक्रमण पुष्टि

भालुवाङ १२ माघ । दाङ देउखुरीको राप्ती गाउँपालिकामा कोरोना संक्रमणदर दैनिक रुपमा बढिरहेकाे छ । यसै क्रममा बुधवार थप १५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

सिसहनियाँ स्वास्थ्य चाैकी र प्रस्तावित भालुवाङ अस्पतालमा २४ जनामा गरिएको एन्टिजेन परिक्षणका क्रममा ७ महिला र ८ जना पुरूष गरी कुल १५ जनामा संक्रमण पुष्टि भएको राप्ती गाउँपालिका स्वास्थ्य शाखा प्रमुख नारायण राउतले जानकारी दिएका छन् ।

यसै बिच दाङमा बुधबार थप ३४ जनामा कोरोना संक्रमण पुुष्टि भएको छ । २० जनाको पिसिआर परिक्षणबाट ७ जना र ६७ जनाको एन्टीजेन परिक्षणबाट २७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

यसै विच आज ३९ जना कोरोना मुुक्त भएका छन् । अब दाङमा सकृय बिरामीको संख्या ४ सय ३१ जनामा झरेको छ । उनिहरु मध्य ४ सय २३ जना घरमै, ७ जना आईसीयुुमा र एक जना अक्सिजन सहितको उपचारमा रहेको जिल्ला आपतकालिन कार्य सञ्चालन केन्द्र दाङले जनाएको छ । दाङमा बैशाख यता कोरोना संक्रमित हुनेको संख्या १० हजार ३ सय ७ जना रहेको छ । ति मध्य ९ हजार ६ सय ५७ जना निको भएका छन् भने २ सय १९ जनाको मृत्युभएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे