गठबन्धनकाे सरकार टिकाउने नाममा चुनावबाट भाग्न पाइदैन : महासचिव पोख्रेल



गठबन्धनकाे सरकार टिकाउने नाममा चुनावबाट भाग्न पाइदैन : महासचिव पोख्रेल

दाङ १२ माघ । नेकपा एमालेका महासचिब शंकर पोख्रेलले गठबन्धनकाे सरकार टिकाउने नाममा चुनाबबाट भाग्न नपाइने बताएका छन् ।  प्रेस चौतारी दाङले बुधबार घोराहीमा आयाेजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै महासचिब पोख्रेलले साे कुरा बताएका हुन् । उनले जनतामा जान डराउने गठबन्धनले आफ्नो आयु लम्ब्याउन कानुन माथी प्रश्न उठाउदै निर्वाचनको मिती सार्ने रणनीतिमा लागेको आराेप समेत लगाएका छन्  ।

लोकतन्त्र, विकास र राष्ट्रिय स्वाधिनताको मुुद्धामा असफल भएको टिप्पणी गर्दै उनले अब खण्डित जनादेशको विकल्प जनतामा जाने र चुनाब गराउने नै भएको उल्लेख गरेका छन । सरकारले मस्यौदा बनाई संसदमा बिधेयक पेश गरेर संसदले बनाएको कानुन माथी नै प्रश्न उठाउने काम सरकारले गरेको प्रति आपत्ती जनाएका छन ।

तत्काल चुनाबको मिती घोषणा गर्न समेत उनले माग गरेका छन । गठबन्धन सँग एमाले एक्लै चुनाब लड्न तयार रहेको तर कानुन माथी दाग लगाएर चुुनावबाट भाग्न भने नपाईने स्पष्ट पारेका क्घन । एमालेको बिरुद्धमा लाग्ने नै भए गठबन्धनबाट चुनाबी मैदानमा आउन चुनौती समेत दिएका छन । अर्को तर्फ राष्ट्रियताको बिषयमा सरकार नालायक बनेको टिप्पणि गरेका छन । तुईन चुडाएर नेपालीलाई नदिमा खसाउने र नेपाली भूमिमा सडक बनाउने भारतको रबैयाको नेपाल सरकार रमिते बनेको आरोप लगाएका छन ।

साथै पुष्पकमल दाहाल र माधब नेपालले कम्युनिष्ट र समाजबादको कुरा गरे पनि उनिहरु पूँजीबादको हिमायती भएको बताएका छन । त्यसैगरी, कोरोना महामारी नियन्त्रणमा सरकार चुुक्दै गएको उल्लेख गरेका छन । २० लाख खोप हराउने, खोप र सिरिन्जको अभाब गराउने तथा संक्रमण रोकथामका अपनाउनुपर्ने उपाय सँगै संयन्त्रलाई निष्कृय पार्ने कामले सरकार असफल भएको उनको ठम्याई छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे