नेपाल रेडक्रस सोसाइटी गढवा उपशाखाको सभापतिमा दयाराम यादव चयन



नेपाल रेडक्रस सोसाइटी गढवा उपशाखाको सभापतिमा दयाराम यादव चयन

गढवा ७ माघ । नेपाल रेडक्रस सोसाइटी गढवा उपशाखाको सभापतिमा दयाराम यादव चयन भएका छन ।
नेपाल रेड्क्रस सोसाइटी गढवा उपशाखाको १८ औं साधारण सभा तथा ८ औं अधिबेशनले दयाराम यादव सभापति रहने गरि ११ सदस्यीय नया कार्यसमिति चयन गरेको छ ।

२ वर्षे कार्यकाल रहने गरि चयन गरिएको कार्यसमितिमा उपसभापतिमा शारदा पौडेल, सचिबमा भरत अधिकारी, कोषाध्यक्षमा महेश अधिकारी, सह सचिवमा रामदास यादव(आर.डि), सह कोषाध्यक्षमा नागेन्द्रप्रसाद यादव र सदस्यहरुमा सरस्वती योगी, हिरालाल चौधरी, तुलसीराम भुसाल, मोहनकुमार पाण्डे र युवराज आचार्यलाई चयन गरिएको छ ।

बिहिबार भएको निर्बाचन कार्यक्रम अनुसार उपसभापति बाहेक सबै पद निर्बिरोध निर्बाचित भएको थियो भने उपसभापति पदको लागि निबर्तमान सचिव मधा न्यौपाने र शारदा पौडेल बिच शुक्रबार निर्बाचन भएको थियो ।

उपसभापति पदको लागि शुक्रबार भएको निर्बाचनमा जम्मा खसेको २९८ मतमा संयुक्त गठबन्धन प्यानलकी शारदा पौडेल १४० मत प्राप्त गरि निकटतम प्रतिद्वन्द्वी मधा न्यौपाने लाइ ६ मतको अन्तरले पराजित गर्दै उपसभापति पदमा विजयी भएका हुन् । रेडक्रसकी निबर्तमान सचिव मधा न्यौपानेले कुल १३४ मत प्राप्त गरेकी थिइन् । खसेको कुल २४ मत बदर भएको निर्बाचन अधिकारि प्रकाश श्रीबन्दले बताए ।

निर्बिरोध तथा निर्बाचनबाट चयन भएका सम्पुर्ण नया पदाधिकारीलाइ निर्बाचन अधिकारि प्रकाश श्रीबन्द संयोजक रहेको निर्बचन समितिमा बिनायक पौडेल, लक्ष्मण निरौला, देवी प्याकुरेल र दिपक यादव रहेको समितिले प्रमाण पत्र बितरण गर्दै पदभार ग्रहण गराएको थियो ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे