देउखुरीकाे राप्ती गाउँपालिकामा आज थप १२ जनामा कोरोना संक्रमण पुष्टि



देउखुरीकाे राप्ती गाउँपालिकामा आज थप १२ जनामा कोरोना संक्रमण पुष्टि

भालुवाङ ७ माघ । देउखुरीकाे राप्ती गाउँपालिकामा आज (शुक्रबार) थप १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

आज राप्ती गाउँपालिकाको सिसहनियाँ स्वास्थ्य चौकी र प्रस्तावित भालुवाङ अस्पतालमा २६ जनामा गरिएको एन्टिजेन परिक्षणमा १२ जनामा कोरोना संक्रमण पुष्टि भएको राप्ती गाउँपालिका स्वास्थ्य शाखा प्रमुख नारायण राउतले जानकारी दिएका ।

जसमा ७ जना पुरुष र ५ जना महिला गरी १२ जनामा काेराेना संक्रमण पुष्टि भएको स्वास्थ्य शाखा प्रमुख राउतले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे