दाङमा शुक्रबार थप १४ जनामा कोरोना पुुष्टि, २३ जना निको



दाङमा शुक्रबार थप १४ जनामा कोरोना पुुष्टि, २३ जना निको

दाङ ७ माघ ।  दाङमा आज (शुक्रबार) थप १४ जनामा कोरोना भाईरसको संक्रमण पुुष्टि भएको छ । पिसिआर परिक्षणबाट ५ र एन्टीजेन परिक्षणबाट ९ जना गरी १४ जनामा कोरोना संक्रमण पुुष्टि भएको हो ।

राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठान घोराहीका २७ जनाको पिसिआर जाँच गर्दा ४ पुुरुष, एक महिला र तुलसीपुरको मेट्रो हस्पीटलमा ३५ जनाको एन्टीजेन परिक्षण गर्दा ५ महिला र ४ जना पुरुषमा कोरोना संक्रमण पुुष्टि भएको हो ।

संक्रमित हुनेहरुका घोराही ८ जना, दंगीशरणका २ जना, गढवा, तुलसीपुर र रोल्पाका एक एक जनामा कोरोना देखिएको जिल्ला आपतकालिन कार्य सञ्चालन केन्द्र दाङले जनाएको छ ।

यसैविच आज दाङमा २३ जना कोरोना संक्रमण मुक्त भएका छन् । जस अनुसार घोराहीका २० र तुलसीपुरका ३ जना रहेका छन् ।

अहिले दाङमा कोरोनाका सकृय बिरामी ३ सय ८३ जना पुुगेको छ । ति मध्य घरमा ३ सय ७७, आईसीयुुमा ४ जना र अक्सीजन सहितको उपचारमा २ जना रहेको केन्द्रले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे