नेपालमा आज(शुक्रबार) एकै दिन थप १० हजार ७०३ जनामा कोरोना संक्रमण पुष्टि



नेपालमा आज(शुक्रबार) एकै दिन थप १० हजार ७०३ जनामा कोरोना संक्रमण पुष्टि

काठमाण्डाै  ७ माघ। नेपालमा आज(शुक्रबार) एकै दिन थप १० हजार ७०३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन गरी २३ हजार ९२ जनाको नमूना परीक्षण गर्दा १० हजार सात सय तीन जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यो सहित नेपालमा कोरोना सङ्क्रमण पुष्टि हुनेको संख्या १० लाख नाघेको छ । अहिलेसम्म पीसीआर विधिबाट गरेको परीक्षणमा आठ लाख ९६ हजार पाँच सय ८४ जना र एन्टिजेन विधिबाट गरेको परीक्षणमा एक लाख १० हजार सात जना गरी कूल १० लाख ६ हजार पाँच सय ९१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।

यस्तै पछिल्लो २४ घण्टामा सात सय ६६ जना निको भएका छन् । थप तीन जनाले कोरोना भाइरसका कारण ज्यान गुमाएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

अहिले नेपालमा ६५ हजार तीन सय ७४ जना कोरोना भाइरसका सक्रिय सङ्क्रमित रहेका छन् । यसैबीच पछिल्लो २४ घण्टामा तीन लाख सात हजार चार सय एक जनाले कोरोना विरुद्धको खोप लगाएका छन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे