रुखले च्याँपिएर देउखुरीमा एक जनाको मृत्यु



रुखले च्याँपिएर देउखुरीमा एक जनाको मृत्यु

देउखुरी ७ माघ । देउखुरीमा रुखले च्याँपेर एक जनाको मृत्यु गएको छ । मृत्यु हुनेमा गढवा गाउँपालिका २ निवासी अन्दाजी ३२/३३ वर्षीय सन्तोष यादव रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

शुक्रवार बिहान साढे सात बजेको समयमा घरदेखि एककिलो मिटर पर रहेको चौरमा स्याउला काट्न रुख चढेको बेला एक्कासी रुख ढल्दा यादवको च्याँपिएर मृत्यु भएको उनका दाइ स्वामी प्रसाद यादवले बताए ।

‘भाइलाई रुखले च्यापेको थाह पाए पछि उपचार गर्न लैजाने भनेर एम्बुलेन्स समेत बोलाई सकेका थियौं तर बचाउँन सकिएन दाइ स्वामीले भने’ । रुखले च्याँप्दा उनको दाहिने खुट्टा पनि भाँचिएको छ । मृतक यादवको शवलाई पोष्टमार्टमको लागि लमही अस्पतालमा पुर्याइएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे