मौरीघाट गाउँ अध्यक्षमा टंकनाथ चौधरी चयन



मौरीघाट गाउँ अध्यक्षमा टंकनाथ चौधरी चयन

मौरीघाट ७ माघ । राप्ती गाउँपालिका वडा नम्बर ४ मौरीघाटको गाउँ भेला तथा भुरा खेल शुक्रवार मौरीघाटमा सम्पन्न भएको छ ।
भेलाले टंकनाथ चौधरीलाई गाउँको अध्यक्ष अर्थात प्रधानको रुपमा चयन गरेको छ ।

त्यसै गरी गाउँको उपाध्यक्षमा प्रेमा चौधरी, सचिवमा रामदास चौधरी, कोषाध्यक्षमा गुरुप्रसाद चौधरीलाई चयन गरेको छ भने सदस्यहरुमा बुद्धिमान चौधरी, प्रमिला चौधरी, निर्मला चौधरी, जमुना चौधरी, रामबहादुर चौधरी र उमेशकुमार चौधरी रहेका छन् ।

त्यस्तै गाउँको अघरियामा रामकिसुन चौधरी, ओरिसमा जगबहादुर चौधरी र बहिदारमा शिउनारायण चौधरी सर्वसहमतीबाट चयन भएका छन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे