देउखुरीकाे राप्तीका भुसाललाई एमाले बुद्धिजीवि परिषद् सदस्यको जिम्मेवारी प्रदान



देउखुरीकाे राप्तीका भुसाललाई एमाले बुद्धिजीवि परिषद् सदस्यको जिम्मेवारी प्रदान

भालुवाङ ६ माघ । दाङ–देउखुरीकाे राप्ती गाउँपालिका वडा नं. ४ निवासी ताराप्रसाद भुसाललाई नेकपा एमाले दाङको बुद्धिजीवी परिषद् सदस्यको जिम्मेवारी प्रदान गरिएको छ । नेकपा एमाले केन्द्रिय लेखा आयोगका सदस्य तथा लुम्बिनी प्रदेश सभा सदस्य रेवतीरमण शर्माले भुसाललाई बुद्धिजीवि परिषद सदस्यको जिम्मेवारी प्रदान गरेको नेकपा एमाले दाङका सचिव मनोहर बुढाथोकीले जानकारी दिएका छन् । एमाले केन्द्रिय लेखा आयोग सदस्य शर्मा, एमाले दाङका अध्यक्ष हुकुमबहादुर बस्नेत, सचिव मनोहर बुढाथोकी, राप्ती गाउँपालिकाका पार्टी अध्यक्ष मदन अधिकारी, नेकपा एमालेका नेता सूर्यप्रकाश शर्मा, रतनकुमार केसी सहितको टोली भुसालको निवासमा पुगेको थियो ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे