देउखुरीकाे लमहीमा फ्लोरेन्स हस्पिटल एण्ड ट्रमा केयर सेन्टरको उद्घाटन



देउखुरीकाे लमहीमा फ्लोरेन्स हस्पिटल एण्ड ट्रमा केयर सेन्टरको उद्घाटन

देउखुरी ६ माघ । देउखुरीकाे लमहीमा बिहिबार फ्लोरेन्स हस्पिटल एण्ड ट्रमा केयर सेन्टरको उद्घाटन गरिएकाे छ । देउखुरीकाे लमही-४ अर्नहवामा रहेको ट्रमा केयर सेन्टरकाे लुम्बिनी प्रदेश पर्यटन, ग्रामिण तथा सहरी विकास मन्त्री डिल्लीबहादुर चौधरीले  उद्घाटन गरेका थिए ।

ट्रमा केयर सेन्टरकाे उद्घाटन पर्यटन, ग्रामिण तथा सहरी विकास मन्त्री डिल्लीबहादुर चौधरीले नीजि क्षेत्रको स्रोत साधनलाई परिचालन गरेर स्वास्थ्य क्षेत्रको विकासको लागि अघि बढ्नुपर्ने बताएका छन् । उनले  प्रदेश सरकार स्वास्थ्य, शिक्षा, यातायात, सञ्चार लगायतका क्षेत्रमा नीजि क्षेत्रको लगानी र प्रतिस्पर्धा बढाउन चाहन्छ, मन्त्री चाैधरीले भने ।

अस्पतालका प्रमुख डाक्टर पुष्प भुसालको अध्यक्षता तथा लुम्बिनी प्रदेश पर्यटन, ग्रामिण तथा सहरी विकास मन्त्री डिल्लीबहादुर चौधरीको प्रमुख आतिथ्यतामा भएकाे ट्रमा केयर सेन्टरकाे उद्घाटन कार्यक्रममा लुम्बिनी प्रदेश सभा सदस्य रेवतीरमण शर्माले सरकारी क्षेत्रको सेवालाई पनि प्रतिस्पर्धामा लैजान जरुरी रहेकाे बताए । उनले  सरकारले समान नजरले दुवै क्षेत्रलाई हेर्नुपर्ने दायित्व भएको बताए । स्वास्थ्य क्षेत्र सेवामुलक भएकाले यस क्षेत्रमा लगानी बढाउदै लग्नुपर्ने शर्माको धारणा राखेका थिए ।

उद्घाटन कार्यक्रममा लमही नगरपालिकाका प्रमुख कुलबहादुर केसी, गढवा गाउँपालिकाका अध्यक्ष सहजराम यादव, राजपुर गाउँपालिकाका अध्यक्ष लोकराज केसी, राप्ती गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत शोभाराम रिजाल, नेपाली कांग्रेसका क्षेत्रिय सभापती भेषराज पाण्डे लगायतले सम्बोधन गरेका थिए ।  कार्यक्रमको सहजीकरण विश्वास विश्वकर्माले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे