रोल्पामा हत्या भएको ६ महिनापछि शव भेटियो



रोल्पामा हत्या भएको ६ महिनापछि शव भेटियो

रोल्पा ५ माघ । वेपत्ता भएको ६ महिनापछि स्थानीय ठाकुर नेपालीको कंकाल फेला परेको छ । रोल्पाको त्रिवेणी गाउँपालिका–६ रिजाका ४५ वर्षिय ठाकुर नेपाली गत असार २३ गते बेलुकी देखि वेपत्ता भएका थिए ।

छिमेकीको घरमा रक्सी लिन गएका ठाकुर वेपत्ता भएपछि छिमेकी लोकेन्द्र खड्काले यसअघि नै हत्या गरेको स्वीकोरे तापनि शव अझैसम्म पनि भेटिएको थिएन ।

माघ २ गते बिहान ७ बजे रोल्पा त्रिवेणी गा.पा.वडा नं. ६ निम्टेखोला स्थित लौटे भिर देखि तलको पाखोमा रुखमुनी मानवको कंकाल (हड्डी) फेला परेको भन्ने सूचना प्राप्त भए पश्चात इलाका प्रहरी चौकी जुगारबाट चौकी इन्चार्ज सइ नन्दकुमार पोख्रेल नेतृत्वको टोलीले घटना स्थलमा पुगेको थियो ।

आरोपित खड्काले हत्या गरेर शव गाडेको ठाउँ कहिले कता कहिले कता देखाए पनि ती ठाउँमा खोज्दा कतै फेला परेको थिएन । आरोपितले भनेको ठाउँमा तालिमप्राप्त कुकुरसहित खोजविन गर्दा पनि शव फेला परेको थिएन ।

विपन्न दलित परिवारमा रुपमा रहेको उनको परिवारमा ठाकुर वेपत्ता भएपछि परिवारमा जटिल समस्या सिर्जना भएको छ । उनको घरमा सानी छोरी र विरामी एक आमा रहेको ठाकुरका बुवा झुप्पल दमाइले बताए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे