मधेस प्रदेशमा आज पनि सार्वजनिक बिदा



मधेस प्रदेशमा आज पनि सार्वजनिक बिदा

काठमाण्डाै ५ माघ । मधेस बलिदानी दिवसको अवसरमा मधेस प्रदेश सरकारले आज सार्वजनिक बिदा दिएको छ। प्रदेश सभा बैठकले प्रदेशको नाम मधेस प्रदेश र राजधानी जनकपुरधाम कायम गरेको खुसीयालीमा हिजो बिदा दिएको प्रदेश सरकारले आज पनि मधेस बलिदानी दिवसको अवसरमा पनि सार्वजनिक बिदा दिएको हो।

मधेस आन्दोलनका क्रममा सिरहाको लहानमा रमेश महतोको निधन भएको दिनलाई मधेस बलिदानी दिवसका रूपमा मधेस प्रदेश सरकारले प्रत्येक वर्ष माघ ५ गते बलिदानी दिवस मनाउँदै आएको छ। प्रदेश सरकारले यसवर्ष सप्तरीको राजधानीमा माघ ५ गते विशेष कार्यक्रम गरी मनाउन लागेको छ

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे