तुलसीपुर कारागारका कैदीबन्दीलाई टेलिभिजन, गितार र मादल



तुलसीपुर कारागारका कैदीबन्दीलाई टेलिभिजन, गितार र मादल

तुलसीपुर ५ माघ । तुलसीपुर कारागारमा रहका कैदीबन्दीहरुलाई टेलिभिजन तथा गितार, मादल सहयोग गरेको छ । मंगलबार संघले तुलसीपुर कारागारका जेलर अम्मर बहादुर वलीलाई टेलिभिजन तथा गितार, मादल सामाग्री हस्तान्तरण गरेको हो ।

बन्दी सेवा संघले विशेष गरी बन्दीहरूको सेवाको लागि काम गर्दै आएको संघका अध्यक्ष जय देउलाले बताए । उनले संघले विभिन्न जिल्लाका कारागारहरूमा कैदीबन्दीहरूलाई आवश्यक पर्ने सामाग्रीहरू सहयोग गर्दै आइरहेको समेत बताए ।

‘ हामीले विशेष गरी कैदीबन्दीको लागि सहयोग गर्दै आएका छौँ,’ उनले भने,‘ शिक्षा, स्वास्थ्य, मनोरञ्जन, खेलकुद जस्ता कुरामा हामीले विभिन्न जिल्लाका कारागारहरूमा सहयोग गरेका छौँ ।’

त्यस्तै उनले कुनै पनि कैदीबन्दीहरू जरिवाना तिर्न नसेकेर कारागारमा बसेकाहरूलाई पनि सहयोग गर्दै आएको बताए । उनले भने,‘ हरेक मानिसले गल्ती गरेको हुन्छ । तर, हामीले गल्तीलाई भन्दा मानिसलाई हेर्नुपर्छ ।

गल्ती गरेका मानिसलाई पुनर्स्थापना गर्नुपर्छ, भन्ने हाम्रो उद्देश्य हो । त्यही अनुसार हामीले काम गर्दै आएका छौँ । ’ संघले ३२ इन्चको टेलिभिजन, गितार, मादल लगायतका सामाग्री सहयोग गरेको हो । त्यस्तै तुलसीपुर कारागारका आन्तरिक प्रशासनिक चौकीदार विष्णु पुनले आफूहरूलाई यसरी सहयोग गरेकोमा धन्यवाद व्यक्त गरे ।

उनले अहिले कारागारमा कैदी जीवन बिताइरहेकाहरू बाहिर आउँदा आफूहरूलाई समाजले नै राम्रो नजरले नहेर्ने भन्दै त्यसका लागि अहिले कारागारमा विभिन्न सीप र प्रविधि दिएर आफूहरूलाई समाजमा स्थापित हुन हौसला प्रदान भइरहेको बताए ।

तुलसीपुर कारागारमा कैदीबन्दीहरू अहिले विभिन्न सीप सिक्दै आएका छन् । केहीले कम्युप्टर पनि सिक्दै आएका छन् । तर उनीहरु यसरी सिक्न पाउँदा धेरै खुशी छन् । त्यस्तै तुलसीपुर कारागारमा विभिन्न सस्थाहरूले पनि सहयोग गर्दै आएका छन् ।

त्यस्तै तुलसीपुर कारागारमा कोही अभिभावक विहीन बालबालिकाहरू शिक्षाबाट बञ्चित भएको र कोही कैदीबन्दीहरू आर्थिक रुपमा समस्या हुँदा मुद्दा लड्न समेत समस्या भएकाले सहयोग गर्नु पर्ने समाजसेवी तथा पीडित सेवा संघ दाङका जिल्ला संयोजक टोपबहादुर महताराले बताए । तुलसीपुर कारागारमा अहिले महिला र पुरुष गरी करिब साढे ५ सय कैदीबन्दीहरू रहेका छन् । क्षमता ३ सय जनाको हो । तर, धेरै कैदीबन्दीहरू भएयता पनि कानुन कारागारको तर्फबाट दिनुपर्ने सबै सुविधाहरू दिइएको जेलर अम्मर बहादुर वलीले बताए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे