राप्तीमा कोरोना संक्रमण समुदाय स्तरमा फैलिदै, एकै दिन १६ जनामा संक्रमण पुष्टि



राप्तीमा कोरोना संक्रमण समुदाय स्तरमा फैलिदै, एकै दिन १६ जनामा संक्रमण पुष्टि

भालुवाङ ४ माघ । राप्ती गाउँपालिकामा कोरोना संक्रमणदर समुदाय स्तरमा व्यापक रुपमा फैलिदै जान थालेको छ । यसै क्रममा मंगलवार राप्ती गाउँपालिकाको २ वटा स्वास्थ्य संस्थामा २० जनाको एन्टिजेन परिक्षण गर्दा १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

प्रस्तावित भालुवाङ अस्पतालमा १४ जनामा गरिएको एन्टिजेन परिक्षणमा ११ जना र सिसहनियाँ स्वास्थ्य चौकीमा ६ जनामा गरेको परिक्षणमा ५ जनामा संक्रमण पुष्टि भएको प्रस्तावित भालुवाङ अस्पतालका सिनियर अहेव तथा कोरोना फोकल पर्सन भुवन भण्डारीले जानकारी दिएका छन् ।

मानिसहरुको लापरवाहीका कारण संक्रमण तिव्र गतिमा फैलिरहेको फोकल पर्सन भण्डारीले जानकारी दिएका छन् । कोरोना संक्रमणदर समुदाय स्तरमा फैलिन थालेपछि भालुवाङ अस्पतालले बुधवार देखि कोरोनाका लक्षण देखिएका विरामी र सामान्य अवस्थाका विरामीहरुलाई छुट्टाछुट्टै फिवर क्लिनीक सञ्चालन गरी स्वास्थ्य परिक्षणको दायरा बढाउन लागेको फोकल पर्सन भण्डारीले जानकारी दिएका छन् ।

कोरोना संक्रमितहरु अहिले सवै सामान्य अवस्थाको रहेकोले होम आइसोलेशनमा बसेका छन् । यसै बिच स्वास्थ्यकर्मीहरुले कोरोनाबाट सुरक्षित रहन सवै नागरिकहरुलाई अनिवार्य मास्क प्रयोग गर्न, समय समयमा सावुनपानीले हात धुन, स्यानीटाइजरको प्रयोग गर्न, भिडभाडमा नजान र राजनीतिकदल, संघसंस्थाहरुलाई कुनै पनि प्रकारको कार्यक्रम नगर्न आग्रह समेत रहेका छन् । यदि कसैलाई रुघाखोकी, ज्वरो आएको छ वा कोरोनाको शंका लागेको भए स्वास्थ्य संस्थामा सम्पर्क राख्न सुझाव समेत दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे