पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव : आज केही ठाउँमा फाट्टफुट्ट देखि हल्का वर्षाको सम्भावना



पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव : आज केही ठाउँमा फाट्टफुट्ट देखि हल्का वर्षाको सम्भावना

काठमाण्डाै ४ माघ । नेपालमा फेरि पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव परेको छ । यो प्रणालीका कारण आज केही ठाउँमा फाट्टफुट्टदेखि हल्का वर्षाको सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।

मौसमविद् समिर श्रेष्ठकाअनुसार पहाडी क्षेत्रका केही ठाउँमा आज हल्का पानी पर्ने अनुमान छ भने देशभरकै मौसम आंशिकदेखि सामान्य बद्ली हुनेछ । पहाडी क्षेत्रमा केहीबेर घाम लागे पनि फेरि बादल लाग्ने उनले बताए ।

यस्तै, तराईका जिल्लामा आज पनि बाक्लो हुस्सु, कुहिरो लागेको छ । आज दिनभर जस्तै हुस्सु लाग्ने अनुमान गरिएको छ । पारिलो घाम नलाग्दा देशभरको अधिकतम तापक्रम घट्न  थालेको छ । यसले चिसो बढाएको छ । अहिले नेपालमा रहेको पश्चिमी न्यून चापीय प्रणालीको असर आजैदेखि हट्ने भए पनि फेरि अर्को प्रणाली आउने सम्भावना रहेकाले दुई-तीन दिनको मौसम यस्तै रहने मौसमविद् समिर श्रेष्ठले बताए। उनका अनुसार आज देखि पश्चिमी वायुको अर्को प्रणाली नेपाल प्रवेश गर्ने अनुमान छ । यसपालिको हिउँदमा ठूलो वर्षा नभए पनि पश्चिमी वायुको प्रभावका कारण मौमस बद्ली भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे