अफगानिस्तानमा भूकम्प, २६ जनाको ज्यान गयो



अफगानिस्तानमा भूकम्प, २६  जनाको ज्यान गयो

काठमाण्डाै ४ माघ । अफगानिस्तानमा गएको भूकम्पमा २६ जनाको ज्यान गएको छ । भूकम्पमा परि ज्यान गुमाउनेमा पाँच जना महिला र चार जना बालबालिका समेत रहेका न्यूज एजेन्सी एफपीमा उल्लेख छ।  तुर्केमिनिस्तानसँगको सीमा क्षेत्रमा पर्ने पश्चिमी प्रान्त बडघिसमा हिजो ५ दशमलव ६ रेक्टर स्केलको भूकम्प गएको न्यूज एजेन्सी एफपीले जनाएको छ ।

भूकम्पका कारण कयौँ घर भत्किएका छन् ।  ज्यान गुमाउनेमा धेरैजसो घर भत्किएर पुरिएकाहरु रहेका खबरमा उल्लेख छ । त्यहाँको आपत्कालीन सञ्चालन केन्द्रले भूकम्पका कारण सात सयभन्दा धेरै घर भत्किएको जनाएको छ । भूकम्प पछि वर्षा भइरहेकाले उद्धारमा कठिनाइ भएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे