देउखुरीको राप्ती गाउँपालिका क्षेत्रभित्र मेला महोत्सव सञ्चालन गर्न रोक



देउखुरीको राप्ती गाउँपालिका क्षेत्रभित्र मेला महोत्सव सञ्चालन गर्न रोक

भालुवाङ २६ पुस । देउखुरीको राप्ती गाउँपालिकाले आफ्नो गाउँपालिका क्षेत्रभित्र कुनैपनि प्रकारको मेला महोत्सव, भेला, जुलुस सञ्चालन गर्न पूणर् रुपमा रोक लगाएको छ । राप्ती गाउँपालिका स्तरिय संकट व्यवस्थापन समिती (सिसीएमसी) को सोमबार गाउँपालिकाको सभाहल मसुरियामा बसेको बैठकले यस्तो निणर्य गरेको हो ।

समितीका अध्यक्ष तथा गाउँपालिका अध्यक्ष नुमानन्द सुवेदीको अध्यक्षतामा बसेको बैठकले बिबाह, ब्रतबन्ध, धार्मिक कार्यक्रम, भोजभतेर आयोजना गर्दा नेपाल सरकारले तोकेका स्वास्थ्य मापदण्ड पूणर् पालना गर्न, गराउन सरोकारवालाहरुलाई अनुरोध गर्ने समितीका सदस्य सचिव तथा स्वास्थ्य शाखा प्रमुख नारायण राउतले जानकारी दिएका छन् ।

त्यस्तै बैठकले महामारी नियन्त्रण तथा रोकथामका लागि संञ्चारमाध्यमबाट ब्यापक प्रचारप्रसार गर्ने, गाउँपालिका भित्र रहेका सामुदायिक तथा संस्थागत विद्यालयहरुमा स्वास्थ्य सुरक्षाको पूणर् पालना गरी पौष मसान्त भित्र दोस्रो चरणको परिक्षा सम्पन्न गर्न विद्यालयहरुलाई निर्देशन दिने र वडा नम्बर ५ मा रहेको साविक जनकल्याण प्रावि कालापानी हाल प्रस्तावित १५ सैयाँको सिसहनियाँ आधारभूत अस्पतालमा गाउँपालिकास्तरको कोभिड अस्थाई अस्पताल सञ्चालन गर्ने लगायतको निणर्य गरेको समितीका सदस्य सचिव तथा स्वास्थ्य शाखा प्रमुख राउतले जानकारी दिए ।

समितीका सदस्य तथा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत शोभाराम रिजालको बिषय प्रबेशबाट शुरु भएको बैठकमा समितीका सदस्यहरु ईलाका प्रहरी कार्यालय भालुवाङका प्रहरी प्रमुख भुवन भट्ट, गाउँपालिका उपाध्यक्ष जगदम्बाकुमारी चौधरी, १ नम्बर वडाध्यक्ष ताराबहादुर डिसी, २ नम्बर वडाध्यक्ष जगतबहादुर थापा, ३ नम्बर वडाध्यक्ष चन्दर चौधरी, ४ नम्बर वडाध्यक्ष बिष्णुबहादुर घर्तीक्षेत्री, ७ नम्बर वडाध्यक्ष तथा गाउँपालिका प्रबक्ता विद्यासरण चौधरी, ८ नम्बर वडाध्यक्ष गोकणर्बहादुर राना र ९ नम्बर वडाध्यक्ष रिमबहादुर सुनारी मगरको उपस्थिती रहेको थियो ।

त्यस्तै बैठकमा नेकपा एमाले राप्ती गाउँपालिका सचिव भरतमणि न्यौपाने, नेकपा माओवादी केन्द राप्ती गाउँपालिका अध्यक्ष श्यामेश चौधरी, नेकपा एकिकृत समाजवादी राप्ती गाउँपालिका अध्यक्ष ज्ञानु गौचन, जनता समाजवादी पार्टी नेपाल राप्ती गाउँपालिका अध्यक्ष रणप्रसाद सुवेदी, राष्ट्रिय जनमोर्चा राप्ती गाउँपालिका अध्यक्ष केशबराज खनाल, राप्ती प्रेस मञ्च राप्ती गाउँपालिका अध्यक्ष अर्जुन अधिकारी, राप्ती उद्योग बाणिज्य संघ भालुवाङका बरिष्ठ उपाध्यक्ष बाबुराम थापा, गाउँपालिकाका सुचना अधिकारी विश्वास विक, विपद् व्यवस्थापन शाखा प्रमुख सुबास भट्टराई, रेडियो राप्ती/राप्ती टेलिभिजनका सहायक स्टेसन म्यानेजर सन्तोषकुमार गुप्ता र गाउँपालिकाका सञ्चार संयोजक तिर्थराज ज्ञवाली लगायतको उपस्थिती रहेको थियो । बैठकको सहर्जीकरण समितीका सदस्य सचिव तथा स्वास्थ्य शाखा प्रमुख नारायण राउतले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे