थारू कल्याणकारिणीय सभाको साधारणसभा,अधिवेशन तथा माघ विशेष कार्यक्रम



थारू कल्याणकारिणीय सभाको साधारणसभा,अधिवेशन तथा माघ विशेष कार्यक्रम

देउखुरी २६ पुस । थारू कल्याणकारिणीय सभा क्षेत्रिय समिति देउखुरी- दाङको २४ औँ साधारणसभा तथा १६ औँ अधिवेशन एवम् माघ विशेष कार्यक्रम सोमबार लमही नगरपालिका ३ मजगाउँमा सम्पन्न भएको छ ।समितिका सभापति चेतराम चौधरीको अध्यक्षता एवम् समाजसेवी खड्का बहादुर चौधरीको प्रमुख आतिथ्यतामा भएको सभामा वार्षिक प्रगति प्रवेदन सचिव बालगोविन्द चौधरी र आर्थिक प्रतिवेदन कार्यालय सहायक पवित्रा चौधरीले प्रस्तुत गरेका थिए ।कार्यक्रममा गढवा गाउँपालिकाकी उपाध्यक्ष शान्ति चौधरी, नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश समितिका उपाध्यक्ष चुमा आचार्य, लमही नगरपालिका वडा नम्बर ३ का वडा अध्यक्ष बाबुराम चौधरी, पुर्व जिल्ला सचिव अयोध्या चौधरी, उमाकान्त चौधरी, युवा समाजसेवी प्रकाश चौधरी, पुर्व सभापति हिरालाल चौधरी, सत्गौवा समाज संघका सचिव रामप्रसाद चौधरी, सल्लाहकारहरु देवनारायण चौधरी, कमलनारायण चौधरी, राजेन्द्रप्रसाद चौधरी, थारू कल्याणकारिणीय सभाका केन्द्रीय सदस्य यशोदा चौधरी, साधु तुलाराम चौधरी लगायतका वक्ताहरूले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।कार्यक्रममा सरकारी तहको आधारभुत देखि क्याम्पस तह सम्मका गरिव तथा जेहेन्दार २४ जना विद्यार्थीलाई प्रति विद्यार्थी ९ हजारका दरले कुल २ लाख १६ हजार छात्रवृत्ति वितरण गरिएको थियोे । भने बृहत् थारू शब्दकोष निर्माता उदयराज आलेलाई सम्मान गरिएको थियो । समितिका सहसचिव कर्कट चौधरीको स्वागत मन्तव्यबाट सुरू भएको कार्यक्रमको सञ्चालन सचिव बालगोविन्द चौधरीले गरेका थिए ।

 

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे