रुपन्देहीमा दुई जना कोरोना संक्रमित पुरूषको मृत्यु
बुटवल ५ कात्तिक । रुपन्देहीमा थप २ जना कोरोना संक्रमित पुुरूषको मृत्यु भएको छ । बुटवल उपमहानगरपालिका वडा नं. ११ देवीनगरका ४७ वर्षीय पुरुष र वडा नं. १७ मोतिपुरका ८१ वर्षीय पुरुषको उपचारका क्रममा कोरोना अस्पताल बुटवलमा मृत्यु भएको हो । दुवैजनाको भेन्टिलेटरको सहायतामा उपचार भइरहेको थियो ।
असोज २४ गते कोरोना संक्रमण पुष्टि भएपछि सोही दिन अस्पताल भर्ना भएका ४७ वर्षीय पुरुषको बुधबार बिहान १ः१० बजे मृत्यु भएको अस्पतालका प्रवक्ता डा. विष्णु गौतमले जानकारी दिए । उनमा उच्च रक्तचापको समस्या रहेकोथियो । यस्तै असोज २७ गते कोरोना संक्रमण पुष्टि भएपछि सोही दिन अस्पताल भर्ना भएका ८१ वर्षीय पुरुषको बुधबार बिहान ५ बजे मृत्यु भएको हो । लुम्बिनी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार योसँगै रुपन्देहीमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५३ पुगेको छ ।