गुण्डा नाइके विकास पुन विरुद्ध ५० लाखको ठगी मुद्धा दर्ता



गुण्डा नाइके विकास पुन विरुद्ध ५० लाखको ठगी मुद्धा दर्ता

दाङ २१ पुस । दाङको घोराहीका ‘डन’ विकास पुन विरुद्ध लाखौ रुपैयाँ ठगी गरेको आरोप लागेको छ । गुण्डा नाइके विकास पुन विरुद्ध ५० लाखको ठगि मुद्धा दर्ता भई पक्राउ पुर्जी पनि जारी भएको छ ।

खोलाको काममा पार्टनर बनाउने ठगी गरेको भन्दै पिडित पक्षले पुन विरुद्ध जिल्ला प्रहरी कार्यालय दाङमा जाहेरी दिएका छन् । कपिलबस्तुका तिलक थापाले ५० लाख रुपैया ठगेर भागेको भन्दै प्रहरीमा जाहेरी दिएका हुन् । जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख एसपी सुरेशप्रसाद काफ्लेले पुन विरुद्ध जाहेरी प्रहरीमा आएको बताए ।

उनले जाहेरी दर्ताको प्रकृयामा रहेको र पुन विरुद्ध पक्राउ पुर्जी जारी भइसकेको जानकारी दिए । प्रहरीमा जाहेरी हालेका थापाले पुनले धेरैलाई ठगि गरेको र अरु पनि सम्पर्कमा आइरहेको बताएका छन् ।

विभिन्न मुद्दामा पटकपटक पक्राउ पर्दै छुट्दै आएका दाङ घोराहीका ‘गुण्डा नाइके’ पुन विरुद्ध मुद्धा पर्दै आएको छ । कुमार घैँटेको इन्काउन्टर पछि पुन दाङमै चन्दा असुलीमा सक्रिय थिए । २०७३ सालमा उनी ज्यान मार्ने उद्योगमा पक्राउ पनि परेका थिए । पुन विरूद्ध ज्यान मार्ने उद्योग अन्तर्गतको एउटा मुद्दा सर्वोच्च अदालतमा विचाराधीन छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे