बाँकेको राप्ती सोनारी जंगलमा सवारीसाधन रोकेर लुटपाट गर्न खोज्ने दाङका ६ जना पक्राउ



बाँकेको राप्ती सोनारी जंगलमा सवारीसाधन रोकेर लुटपाट गर्न खोज्ने दाङका ६ जना पक्राउ

दाङ २१ पुस । पूर्व पश्चिम राजमार्ग अन्तर्गत बाँकेको कुसुम र अघैयाको बिचमा पर्ने राप्ती सोनारी जंगलमा जवरजस्ती लुटपाट गर्न खोज्ने दाङका ६ जनाको समुहलाई प्रहरीले पक्राउ गरेको छ ।

गयराती राजमार्गमा गुड्ने सवारी साधनलाई रोकेर जवरजस्ती पैसा माग्ने तुलसीपुर उपमहानगरपालिका ७ राजपुरका सन्तोष पहाडी, कमल परियार, रमेश टमाटा, रबिन टमाटा, अनिल बिक र शान्तीनगर गाउँपालिका ६ का लिलाधर परियारलाई पक्राउ गरेको ईलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ ।

उनीहरु जंगलमा गाडी रोकेर जवरजस्ती पैसा मागेको र नदिए ज्यान मार्ने धम्की दिएको बारे एउटा कार र ट्रकवालाले जानकारी दिएपछि प्रहरीले पक्राउ गरेको अगैया प्रहरी चौकीका ईन्चार्ज खकेन्द्र केसीले जानकारी दिनुभयो छ । लुटपाट गर्ने समुह बा. १४ च. ३३०३ नम्बरको कारमा सवार रहेको प्रहरीले जनाएको छ ।

लुटपाटमा प्रयोग गरिएको कार सहित पक्राउ गरेको सबैलाई थप कारवाहीको लागि ईलाका प्रहरी कार्यालय कोहलपुरमा राखिएको छ । लुटपाटमा संलग्न सबै २४/२५ बर्ष उमेर समुहका रहेको प्रहरीले जनाएको छ ।।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे