लुम्बिनी प्रदेशकाे स्थायी राजधानी निर्माणका लागि रकम अभाव



लुम्बिनी प्रदेशकाे स्थायी राजधानी निर्माणका लागि रकम अभाव

भालुवाङ ९ पुस । लुम्बिनी प्रदेश सरकारले स्थायी राजधानी निर्माणको कामका लागि रकम अभाव भएको भन्दै थप रकम उपलब्ध गराउन संघीय सरकारसँग माग गर्ने निर्णय गरेको छ ।

लुम्बिनी प्रदेशका आन्तरिक मामिला तथा सञ्चारमन्त्री तिलकराम शर्माले ३ अर्ब थप रकम संघीय सरकारसँग माग्ने निर्णय भएको बताए । प्रदेश सरकारले चालु आर्थिक वर्षमा प्रदेशको स्थायी राजधानीको डिपीआर तयार गर्न र गुरुयोजना बनाउने गरी झन्डै ४ करोड रकम विनियोजन गरेको थियो ।

सरकारले प्रदेशसभाको यस वर्षको हिउँदे अधिवेशन स्थायी राजधानी तोकिएको दाङको भालुबाङमै बोलाउने तयारी गरिरहेको छ । भालुबाङको लालमटियामा निर्माणाधीन प्रदेशसभा भवनलाई पनि रकम अभाव भएपछि अहिले काम रोकिएको छ ।

५ करोड २१ लाख लागतमा फलामे घर निर्माण कार्य अन्तिम चरणमा पुगेका बेला भवनको नक्सा परिवर्तन भएपछि रकम अभाव भएको प्रदेश पूर्वाधार विकास प्राधिकरणले जनाएको छ । लुम्बिनी प्रदेशसभाले २०७७ असोज २० गते स्थायी राजधानी दाङको देउखुरी क्षेत्रमा राख्ने निर्णय गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे