दाङमा एमसीसी विरूद्व ६ राजनीतिक दलको संयुक्त विरोध प्रदर्शन



दाङमा एमसीसी विरूद्व ६ राजनीतिक दलको संयुक्त विरोध प्रदर्शन

दाङ ७ पुस । दाङमा अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी)का विरुद्धमा ६ कम्युनिष्ट राजनीतिक दलहरुले संयुक्त रुपमा विरोध प्रदर्शन गरेका छन् ।

नेपाल कम्युनिष्ट पार्टी, नेपाल कम्युनिष्ट पार्टी (मसाल), नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माआवादी), नेपाल कम्युनिष्ट पार्टी माले, राष्ट्रिय जनमोर्चा र देशभक्त जनगणतान्त्रीक मोर्चाले संयुक्त रुपमा प्रदर्शन गरेका हुन ।

घोराहीको ट्राफिक चोकबाट भएको प्रदर्शन र्याली बैंक रोड हुँदै घोराही चोकमा आएर कोणसभामा परिणत भएको थियो । र्यालीमा पार्टीका नेता कार्यक्रता तथा विभिन्न स्कुलका विद्यार्थीहरु पनि सहभागी थिए ।

कोणसभाई सम्बोधन गर्दै नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा दाङ जिल्लाका इञ्चार्ज शीतलले नेपालमा जनताको आँधीबेरी श्रृष्टि गरेर एससीसीलाई खरानी बनाउँने बताए । उनले एमसीसी नेपालको संविधान र कानून विरुद्ध भएको भन्दै नेपालमा जनताको आधिबेरी श्रृष्टि गरेर एमसीसीलाई खरानी बनाउने बताए ।

उनले एमसीसी सम्झौता हिन्द प्रशान्त रणीतिको एउटा अभिन्न अंग भएको पनि बताए । अमेरिकी साम्राराज्यवादीले दक्षिण एसियामा कम्युनिष्ट पार्टीको प्रभावलाई निस्नेत पार्न खोजिरहेको र नेपालमा भएका प्राकृतिक सम्पादाहरुको दोहोन गर्ने तथा कब्जा जमाउन खाजिरहेको नेता शीतले प्रष्ट पारे ।

त्यस्तै नेकपा क्रान्तिकारी माओवादीका केन्द्रीय सदस्य समीर केसीले एमसीसी सम्झौता नेपालको हतिमा नभएको भन्दै नेपालको अस्मितामाथि आँच आउने खालको कुनैपनि सम्झौता स्वीकार्य नहुने बताए । नेकपा मसाल दाङका भारत भण्डारीले राजनीतिक स्वतन्त्रता, न्याय र स्वाभिमान अझै अभावको रुपमा रहेको रहेको बताए ।

देशलाई गृहयुद्धमा धकेल्ने र देशलाई रणमैदान बनाउने एमसीसी नेपालीलाई नचाहिने र एमसीसी सम्झौता एउटा शैन्य रणनीति भएको प्रष्टाए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे