मौलाउदो लागुुऔषध कारोबार :
हाइनेकमा लुुकाएको ब्राउन सुुगर सहित २ जना पक्राउ



मौलाउदो लागुुऔषध कारोबार :हाइनेकमा लुुकाएको ब्राउन सुुगर सहित २ जना पक्राउ


घोराही ७ पुुस । दाङमा प्रहरीले ठूलो मात्रामा लागुऔषध ब्राउन सुुगर सहित दुुई जनालाई पक्राउ गरेको छ । भारतबाट बाँके हुदै दाङ ल्याउने लागेको अबस्थामा एक जना भारतीय सहित २ जना व्यक्ति एक सय ५० ग्राम ब्राउन सुुगर सहित पक्राउ परेका हुन् ।

जिल्ला प्रहरी कार्यालय दाङले मंगलबार पत्रकार सम्मेलन गरि नेपालगञ्ज उपमहानगरपालिका १८ कारकाँदो बस्ने ४५ बर्षिया चन्द्रा राना र भारत उत्तरप्रदेश बहराईच मन्सुरगञ्ज कदरीजामा मस्जित बस्ने १८ बर्षिय समिर अन्सारीलाई एक सय ५० ग्राम ब्राउन सुुगर सहित सार्वजनिक गरेको हो ।

लागुऔषध ल्याउदै गरेको सूचना पाएपछि जिल्ला प्रहरी कार्यालय दाङबाट प्रहरी निरीक्षक झविन्द्र परियारको नेतृत्वमा खटिएको प्रहरी टोलीले लमही नगरपालिका ९ अमेलियाबाट उनिहरुलाई पक्राउ गरेको दाङका प्रहरी प्रमुख एसपी सुरेशप्रसाद काफ्लेले जानकारी दिएका छन् ।

चन्द्रा रानाले लगाएको हाइनेक घाँटी मुुनीको भागमा लुुकाएर राखेको अबस्थामा ब्राउनसुुगर बरामद गरेको उनको भनाई छ । साढे १२ लाख रुपैयाँमा बिक्री गर्ने भनि अन्सारीले भारतबाट ल्याएको र आफूलाई भरिया बने बापत २ लाख ४० हजार रुपैयाँ दिने सम्झौतामा आफुु प्रयोग भएको चन्द्राले पत्रकार सम्मेलनमा बताए । पक्राउ परेकाहरु बिरुद्ध लागुु औषध ऐन २०३३ परिच्छेद ३ को दफा १४ को (छ) (३) बमोजिम मुुद्धा दर्ता गरि कार्वाही अघि बढाईएको प्रहरी प्रबक्ता डिएसपी मुुकुन्द रिजालले जानकारी दिए ।

उक्त मुद्धामा १५ बर्ष देखी जन्मकैद सम्मको सजाय र ५ लाख देखी २५ लाख रुपैयाँ सम्मको जरिवाना हुने उनको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे