पत्रकार महासंघको स्थापना दिवसमा विभिन्न पत्रकारहरू सम्मानित एवं पुरस्कृत



पत्रकार महासंघको स्थापना दिवसमा विभिन्न पत्रकारहरू सम्मानित एवं पुरस्कृत

घोराही ४ पुस । नेपाल पत्रकार महासंघ दाङ शाखाले आफ्नो २९ औँ स्थापना दिवस मनाएको छ । महासंघले आज घोराहीमा एक कार्यक्रम गरि सम्मान, पुुरस्कार वितरण र शुुभकामना आदानप्रदान गरि स्थापना दिवस मनाएको हो ।

महासंघले १४ जना क्रियाशिल पत्रकारहरुलाई पुरस्कृत गरेको छ । जस अनुसार सविन प्रियासन, लिला शाह, जेएन सागर, भुपेन्द्र वली, दामोदर बस्नेत, सरिता चौधरी, लिलाधर वली, प्रेमविवस घर्ती, पाण्डब शर्मा, सविता चौधरी, जितबहादुर चौधरी, जनक नेपाली, देव यादब र विरेन्द्र गिरीलाई विभिन्न क्षेत्रका व्यक्तिहरुले स्थापना गरेको पत्रकारीता अक्ष्यकोषबाट पुरस्कृत गरिएको हो ।

महासंघले दिवंगत भएका पत्रकारहरु दामोदर अधिकारी, लक्ष्मण बस्नेत र हेमप्रकाश वलीलाई मरणोप्रान्त पत्रकारीता पुरस्कार प्रदान गरेको छ । सञ्चार गृहतर्फ नयाँ युुगबोध राष्ट्रिय दैनिक, रेडियो हाम्रो पहुँच र तुलसीपुर अनलाईनलाई कदर पत्रले सम्मान गरेको छ ।

साथै पत्रकार महासंघले पुरस्कारको अक्ष्यकोष स्थापना गर्ने र कोरोना महामारीकालमा आईसोलेसन बनाउन सहयोग गर्ने तथा रक्तदानमा सहभागि भएकाहरुलाई समेत सम्मान पत्र प्रदान गरेको छ ।

शाखा अध्यक्ष दुुर्गालाल केसीको अध्यक्षता एवं महासंघका केन्द्रिय उपाध्यक्ष उदय जिएमको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा बोल्ने बक्ताहरुले पत्रकार महासंघको इतिहास र सामाजिक रुपान्तरणमा खेलेको भूूमिकाको चर्चा गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे