सञ्चारमैत्री कानुन बनाउन आवश्यक छ : जिएम



सञ्चारमैत्री कानुन बनाउन आवश्यक छ : जिएम

दाङ ४ पुस । नेपाल पत्रकार महासंघका केन्द्रीय उपाध्यक्ष उदय जिएमले सञ्चारमैत्री कानून निर्माण गर्न आवश्यक रहेको बताएका छन् ।

नेपाल पत्रकार महासंघ दाङ शाखाको २९ औं स्थापना दिवसको अवसरमा बोल्दै उनले अहिले स्थानीय, प्रदेश र केन्द्रमा बन्ने नयाँ कानून सञ्चारमैत्री हुनुपर्ने बताएका हुन् ।

कार्यक्रमका प्रमुख अतिथि समेत रहेका उपाध्यक्ष जिएमले देश संघीय गणतन्त्र प्रणालीमा गएसँगै तीन तहमा विभाजित भएको स्थानीय तह, प्रदेश र केन्द्रमा अब नयाँ बन्ने कानुन पत्रकारहित छन् ÷छैनन् भन्ने कुराहरु एकएक गरेर हेर्नुपर्ने र यदि प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतासंग बाझिने खालका कानून भए त्यस्ता खालका कानुनहरु प्रेस अनुकूल हुने गरि निर्माण गर्नुपर्ने बताए ।

यदि प्रेस र अभिव्यक्ति स्वतन्त्रता तथा प्रेसमैत्री कानुन निर्माण हुन्छ भने स्थानीय, प्रदेश र संघमा जुन पार्टीको सरकार भएपनि पत्रकारिता जगतलाई कुनै फरक नपर्ने समेत उनले प्रष्ट पारे ।

अहिलेसम्म श्रमजीवी पत्रकारका मुद्दाहरु अरु जिल्लाहरुमा खासै नआएको भएतापनि केन्द्रीय महासंघमा भने पाँच सय वटा मुद्दाहरु आएको र त्यसमा तीन सय ५० मुद्दाहरु महासंद्धघले हल गरिसकेको र अब एक सय पचाँस मुद्धामात्र बाँकी रहेकाले त्यो पनि चाडै हलहुने उपाध्यक्ष जिएम भनाई थियो । महासंघ जहिले पनि पत्रकारको हितमा रहेर काम गर्ने समेत उनले प्रतिबद्धता जनाए ।

नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष दुर्गालाल केसीले पत्रकारिताको सम्पत्ति भनेको विश्वसनीयता भएकाले पाठक वर्गहरुमा सत्यतथ्य सामग्री पु¥याउनुपर्ने बताए । पत्रकारिता क्षेत्रमा देखिएका जे–जस्ता समस्याहरु छन् त्यसलाई महासंघले आत्मसाथ गर्दै अगाडि बढ्ने पनि उनले प्रतिबद्धता जनाए । पत्रकार महासंघले संगठनको आधारमा नभई सक्रियताको आधारमा पुरस्कार वितरण गरिएको उनको भनाई थियो ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ दाङका पुर्व अध्यक्ष तथा सल्लाहकार सुदिप गौतम , नेपाल पत्रकार महासंघ दाङका सल्लाहकार तथा निवर्तमान अध्यक्ष सबिन प्रियासन र नेपाल पत्रकार महासंघ दाङका सल्लाहकार लक्ष्मी आचार्यले कुरामात्र गरेर, लेखेर मात्र होईन व्यबहार पनि देख्न पाउनुपर्ने बताए ।

पत्रकार महासंघ संस्था देखि समाजसम्म नयाँ रचनात्मक काम गरेको तथा वर्तमान कार्यसमिति सफल भएमात्र दाङको पत्रकारितालाई बलियो बनाउन सकिने र पत्रकारिता क्षेत्रमा प्रशंसनीय तथा केही नकारात्मक कुरा आइरहेकाले आत्मासमिक्षा गरेर अगाडि बढ्नुपर्ने आजको आबश्यकता भएको उनीहरुको भनाइ थियो ।

कार्यक्रममा दाङ जिल्लाका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मी, नेपाल पत्रकार महासंघ दाङका पुर्व अध्यक्ष तथा प्रेस स्वतन्त्र सेनानी सुशील गौतम,नेपाल पत्रकार महासंघ दाङका कोषाध्यक्ष रामप्रसाद पौडेल , नेपाल पत्रकार महासंघ दाङका पुर्व अध्यक्ष के एल पीडित , नागरिक समाज दाङका निवर्तमान संयोजक चन्द्रराज पन्त, नेपाली काङ्ग्रेस दाङका उपसभापति गिरिराज सुवेदी , नेकपा समाजबादी दाङका प्रतिनिधि चिरञ्जीवी बुढाथोकी, जनमोर्चा दाङका प्रतिनिधि मनिराम खनाल, मानव अधिकारकर्मी दाङका अध्यक्ष विकिरण गौतम,अको¥याब लुम्बिनी प्रदेशका पुर्व अध्यक्ष केपी घिमिरे, सामुदायिक वन उपभोक्ता महासंघका अध्यक्ष भुपेन्द्र सुवेदी , दाङ जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष टंकसिङ बुढाथोकी, जिल्ला प्रहरी कार्यालय दाङका निमित्त प्रहरी प्रमुख मुकुन्द रिजाल , प्रेस युनियनका केन्द्रीय सदस्य सुलोचना गौतम, प्रेस चौतारी नेपालका केन्द्रीय सदस्य टीका बस्नेत, घोराही उपमहानगरपालिका १४ का अध्यक्ष शक्तिराम डांगी, प्रेस संगठन नेपाल दाङका अध्यक्ष पाण्डव शर्मा, प्रगतिशील पत्रकार संघ दाङका अध्यक्ष महेश रिजाल,जनपत्रकार संगठन नेपाल दाङका उपाध्यक्ष जंग रेउले, कृयासिल महिला मन्चका अध्यक्ष रोशनी मल्ल, आदिवासी जनजाति दाङका अध्यक्ष प्रेमबहादुर राम्जालगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

नेपाल पत्रकार महासंघ दाङ शाखाका अध्यक्ष दुर्गालाल केसीको अध्यक्षता एवंम् नेपाल पत्रकार महासंघका केन्द्रीय उपाध्यक्ष उदय जिएमको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको थियो । पत्रकार महासंघ दाङ शाखाका उपाध्यक्ष बसुन्धारा गौतमको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रमको सञ्चालन सचिब आरके शितलले गरेका थिए ।


प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे