रेडियो राप्तीका कार्यक्रम तथा विज्ञापन शाखा प्रमुख गिरी सम्मानित



रेडियो राप्तीका कार्यक्रम तथा विज्ञापन शाखा प्रमुख गिरी सम्मानित

भालुवाङ ४ पुस । रेडियो राप्ती ९८.४ मेगाहर्ज लालमटियामा कार्यरत कार्यक्रम तथा विज्ञापन शाखा प्रमुख, देउखुरी टुडे डटकमका मुख्य समाचारदाता तथा दृष्टिविहिन सञ्चारकर्मी विरेन्द्र गिरी सम्मानित भएका छन् ।

नेपाल पत्रकार महासंघ दाङ शाखाले स्थापना गरेको पत्रकार प्रोत्साहन पुरस्कारबाट दाङ देउखुरीको राप्ती गाउँपालिका २ लालमटियामा रहेको रेडियो राप्तीमा कार्यरत गिरी पत्रकार महासंघको २९ आैँ स्थापना दिवसका अवसरमा नगद ५ हजार सहित कदर पत्रले सम्मानित भएका हुन् ।

सञ्चारकर्मी गिरीलाई नेपाल पत्रकार महासंघका केन्द्रीय महासचिव उदय जिएम र जिल्ला अध्यक्ष दुर्गालाल केसीले सम्मान गरेका थिए । यसै बिच रेडियो राप्ती तथा राप्ती टेलिभिजनका स्टेसन म्यानेजर ओमप्रकाश गुप्ताले सम्मानित गिरीलाई शुभकामना तथा बधाई दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे