दाङमा रिक्सा लोप हुँदै, अटोमा सेवाग्राहीहरुको रुची बढ्दै



दाङमा रिक्सा लोप हुँदै, अटोमा सेवाग्राहीहरुको रुची बढ्दै

लमही २ पुस । दाङमा रिक्सा लोप हुँदै जान थालेको छ । पहिले रिक्सालाई मान्छेले समान ढुवानी गर्ने माध्यमको रुपमा प्रयोग गर्ने गर्दथे । तर अहिले समय परिवर्तन सँगै अटोहरु चल्न थालेपछि रिक्साहरु क्रमिक रुपमा लोप हुँदै जान थालेका हुन् ।

मान्छेहरु पैसा भन्दा पनि सजिलो तथा घरघरमै जाने साधनको खोजीमा रहेकाले अटो प्रयोग गर्ने सेवाग्राहीहरुको रुचि बढी देखिएकोे छ । लमहीमा मात्र दुई सय भन्दा बढी रिक्साहरु चल्ने गरेकोमा अहिले मुस्किलले ३० वटा रिक्साहरु रहेका छन् ।

अटोबाट छिटोछरितो पुग्ने भएपछि मान्छेको रोजाइ अटोमा परेको हो । अहिले लमहीमा रहेका रिक्सावालाहरुले धमाधम रिक्सा बेच्दै अटो किन्न थालेपछि झन्डै १ बर्षमै संख्या खस्किदै जाँदा लोप हुने अबस्थामा पुग्न थालेको हो ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे