दाङमा ७६ प्रतिशत नागरिकहरुले कोरोना बिरुद्धको खोप लगाए



दाङमा ७६ प्रतिशत नागरिकहरुले कोरोना बिरुद्धको खोप लगाए

दाङ २६ मंसिर । दाङमा अहिले सम्म ७६ प्रतिशत नागरिकहरुले कोरोना भाइरस बिरुद्धको खोप लगाएका छन् । गएको बर्ष माघ १४ गते देखी खोप लगाउन सुरुभएको दाङमा अहिले सम्म ३ लाख २९ हजार ७ सय ४१ जनाले खोप लगाएको स्वास्थ्य कार्यालय दाङले जानकारी दिएको छ ।

यो संख्या पहिलो डोज लगाउनेको हो । दुुबै डोज लगाउनेको संख्या ३४ प्रतिशत अर्थात एक लाख ४७ हजार ५ सय १७ जना रहेको कार्यालयका प्रमुख अंगदबहादुुर शाहीले जानकारी दिएका छन् । १८ बर्ष माथीका नागरिकहरुले खोप लगाएका छन् । पहिलो डोज लगाउने घोराहीमा ९८ हजार ६ सय ५२, तुलसीपुरमा ८८ हजार ८ सय ४, लमहीमा ३२ हजार ५ सय ३५ जनाले खोप लगाएका छन् ।

त्यसैगरी, बंगलाचुुलीमा ६ हजार ५ सय ८, शान्तिनगरमा १५ हजार ७ सय २, बबईमा १४ हजार ५ सय १७, दंगिशरणमा १२ हजार ५ सय ९८, राप्तीमा २५ हजार १ सय ७७, गढवामा २१ हजार ७ सय ८७ जना र राजपुरमा १३ हजार ४ सय ६२ जनाले खोप लगाएको स्वास्थ्य कार्यालयको तथ्यांकमा छ । साथै १२ बर्ष देखी १७ बर्ष सम्मका दिर्घरोगीले समेत पहिलो डोज खोप लगाएका छन् । कार्तिक २८ गते देखी मंसिर ६ गते सम्म पहिलो खोप लगाएका दिर्घरोगीहरुलाई भोली देखी पुुस २ गते सम्म राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा दोस्रो डोज खोप लगाईने शाहीले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे