दाङमा आज थप ८ जना कोरोना संक्रमण मुक्त



दाङमा आज थप ८ जना कोरोना संक्रमण मुक्त

दाङ २६ मंसिर । दाङमा आज थप ८ जना कोरोना संक्रमण मुक्त भएका छन् । जिल्ला आपतकालिन कार्यसञ्चालन केन्द्र दाङका अनुसार संक्रमण मुक्त हुनेमा ४ जना महिला र ४ जना पुरुष रहेकाछन् । जसमा राप्तीका ४ जना, घोराही, तुुलसीपसर, लमही र दंगीशरणका एक /एक जना रहेका छन् । वितेको २४ घण्टामा दाङमा कोरोनाका विरामी थपिएका छैनन् ।

कोरोनाका सक्रिय विरामीको संख्या दाङमा अहिले १२ जनामा झरेको छ । सक्रिय विरामी मध्ये ९ जना घरमा र ३ जना घोराहीको राप्ति स्वाथ्य विज्ञान प्रतिष्ठानमा उपचाररत रहेको केन्द्रले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे