दाङमा जिप दुर्घटना : ३ जनाको मृत्यु, १७ जना घाईते १० जनाकाे नेपालगन्ज रिफर



दाङमा जिप दुर्घटना : ३ जनाको मृत्यु, १७ जना घाईते  १० जनाकाे नेपालगन्ज रिफर

दाङ २६ मंसिर । दाङको तुलसीपुरबाट सल्यान जाँदै गरेको जिप तुलसीपुर ३ सिरखोला नजिक दुर्घटनामा परेको छ । तुलसीपुरबाट सल्यानको सिमपानी जादै गरेको रा १ ज ४३८ नम्वरको जिप आइतवार अपरान्ह ४ बजे दुर्घटनामा परेको ईलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ । दुर्घटनामा परी ३ जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा सल्यान कपुरकोट गाउँपालिका ३ बस्ने ४८ बर्षिय प्रेम प्रकास शर्मा, कपुरकोट ४ बस्ने ४६ बर्षिया सौनी घर्ति र २५ बर्षिया लालमती खड्का रहेको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी श्यामु अर्यालले जानकारी दिएका छन् । दुर्घटनामा परी १७ जना घाईते भएका छन् । घाइते मध्ये १० जनालाई थप उपचारका लागि नेपालगन्ज रिफर गरिएको छ ।

ईलाका प्रहरी कार्यालय तुलसीपुरका अनुसार रिफर हुनेमा कपुरकोट गाउँपालिका ३ बस्ने ४५ देवा चापागाई, २७ वर्षीय भुप बहादुर थापा,२२ धर्म थापा,सोहि गाउँपालिका ४ किमिरेचौर बस्ने ३६ वर्षीय डम्बर बहादुर बुढाथोकी, सोहि गाउँपालिका १ बस्ने आरति पुन, १९ वर्षीया रमिता बस्नेत , अनिता पुन, दिल बहादुर बुढा, कर्ण बहादुर खड्का, चन्द्र बहादुर खड्का, डम्वर बुढाथोकी रहेको ईलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।

दुर्घटनामा परी अन्य घाईते हुनेमा कपुरकोट गाउँपालिका ४ धनबाङ बस्ने २२ वर्षीया लक्ष्मी बुढा,५ वर्षीय दिपेश थापा,कमला थापा लगाएतका रहेका छन् । घाईते भएका मध्ये दुई जना किसोर बस्नेत र विश्वास बस्नेतको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा सामान्य उपचार पछि डिस्चार्ज भएको प्रहरीले जनाएको छ । अन्य घाईतेहरुको अस्पतालमा उपचार भईरहेको छ । जिप चालक भने फरार रहेको प्रहरीले बताएको छ । दुर्घटनाको कारण भने खुलेको छैन । दुर्घटना बारे आबश्यक अनुसन्धान भईरहेको प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे