भालुवाङ पुल्चाेकमा निर्माण गरिएको सहिद कृष्णसेन इच्छुकको सालिक अनावरण



भालुवाङ पुल्चाेकमा निर्माण गरिएको सहिद कृष्णसेन इच्छुकको सालिक अनावरण

भालुवाङ २५ मंसिर । दाङ देउखुरीको भालुवाङ पुल्चाेकमा निर्माण गरिएको शहीद कृष्णसेन इच्छुकको सालिक अनावरण गरिएको छ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले शनिबार उक्त शालिकको अनावरण गरेका हुन् । राप्ती गाउँपालिका वडा नं. १ भालुवाङ बजारमा निर्माण गरिएको उक्त शालिकको अनावरण गर्दै मुख्यमन्त्री केसीले कृष्णसेनले देखेका सपना पूरा गर्ने प्रतिबद्धता जनाएका छन् ।कृष्णसेनले गरीब, दुःखीका लागि देखेका सपना पूरा गर्न अझै बाँकी रहेको उनले बताए । प्रदेश सरकारको ७ लाख ४० हजार लागत र बिभिन्न ब्यक्ती तथा संस्थाहरुबाट संकलन भएको २ लाख ९१ हजार पाँच सय ४० गरि १० लाखको लागतमा उक्त सालिक निर्माण गरिएको सालिक निर्माण समितिका संयोजक सूर्यप्रकाश शर्माले जानकारी दिए । उनका अनुसार सालिकको निर्माण कार्य २०७५ बैशाख २५ गतेबाट सुरु भएको थियो ।इच्छुकको २०५९ जेठ १३ गते नख्खु कारागार काठमाडौँमा हत्या गरिएको थियो । साहित्य र पत्रकारितामा सक्रिय रहेका उनी कम्युनिष्ट आन्दोलनमा सक्रिय भएको अबस्थामा हत्या भएको थियो । नेकपा माओवादी केन्द्र राप्ती गाउँ संगठन कमिटीको आयोजनामा कार्यक्रम भएको हो।

 

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे