कांग्रेस सभापतिमा शेरबहादुर देउवा सहित ६ जनाको उम्मेदवारी



कांग्रेस सभापतिमा शेरबहादुर देउवा सहित ६ जनाको उम्मेदवारी

काठमाण्डाै २५ मंसिर । नेपाली कांग्रेस सभापति पदमा मुख्य चार सहित ६ जना नेताको उम्मेदवारी परेको छ। काठमाण्डौमा भैरहेको पार्टीको चौधौं महाधिवेशनबाट नयाँ नेतृत्वको लागि वर्तमान सभापति शेरबहादुर देउवा, नेता शेखर कोइराला, प्रकाशमान सिंह र विमलेन्द्र निधिको उम्मेदवारी परेको हो ।

यस्तै कल्याण गुरुङ र गोरखाका युवराज न्यौपानेले पनि सभापतिमा उम्मेदवारी दिएका छन्। देउवाले नेता कृष्णप्रसाद सिटौला समूहसँग समीकरण गरेर प्यानलसहित उम्मेदवारी दिनुभएको हो । संस्थापनइतर समूहमा भने सहमति हुन नसकेपछि शेखर कोइराला र प्रकाशमान सिंहको उम्मेदवारी परेको छ। वरिष्ठ नेता रामचन्द्र पौडेल भने प्रतिस्पर्धाबाट बाहिर बसेका छन् ।

उनले कोइराला समूहलाई समर्थन गरेका छन्। संस्थापनइतर समूह विभाजित भएपछि देउवालाई फाइदा हुने भएको छ । तर यसअघि नै देउवा समूहबाट अलग्गिएका विमलेन्द्र निधिले पनि सभापतिमा उम्मेदवारी दिएका छन्। उपसभापतिमा देउवा समूहबाट पूर्णबहादुर खड्का र विजय गच्छदार, शेखर कोइराला समूहबाट चन्द्र भण्डारी र धनराज गुरुङ तथा प्रकाशमान सिंह समूहबाट सुजाता कोइरालाले उम्मेदवारी दिएका  । महामन्त्रीमा प्रकाशमान सिंह समूहबाट विश्वप्रकाश शर्मा, देउवा समूहबाट डा. प्रकाशशरण महत र प्रदीप पौडेल तथा शेखर कोइराला समूहबाट डा. मिनेन्द्र रिजाल र गगन थापाको उम्मेदवारी परेको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे