करङ्गेकोटमा स्वास्थ्य भवन बन्ने भएपछि स्थानीय खुसी, स्वास्थ्यमन्त्री चाैधरीलाई भव्य स्वागत



करङ्गेकोटमा स्वास्थ्य भवन बन्ने भएपछि स्थानीय खुसी, स्वास्थ्यमन्त्री चाैधरीलाई भव्य स्वागत

सिसहनियाँ २४ मंसिर । दाङ देउखुरीको विकट पहाडी गाउँ राप्ती गाउँपालिका वडा नम्बर ५ करङ्गेकोटमा स्वास्थ्य भवन बन्ने भएपछि स्थानीयहरू खुसी भएका छन् ।

लुम्बिनी प्रदेशका स्वास्थ्य जनसंख्या तथा परिवार कल्याणमन्त्री इन्द्रजित चाैधरीले विकट क्षेत्रका स्थानीयहरूलाई सर्वसुलभ तरिकाले आधारभुत स्वास्थ्य सेवा पुर्‍याउन आफुले चासो लिएको र भवन निर्माणका लागि आवश्यक बजेटको व्यवस्था गर्ने बताए पछि उनीहरू खुसी भएका हुन् ।

गाउँमा स्वास्थ्य सेवा नहुँदा यस क्षेत्रका स्थानीयलाई सामान्य सेवा लिन पनि घण्टाै पैदल हिडेर सिसहनियाँ, भालुवाङ, लमही जानुपर्ने बाध्यता सँगै समयमा समान्य उपचार नपाउँदा अकालमै ज्यान गुमाउनु पर्ने बाध्यता समेत रहेको छ ।

यसैबीच मन्त्री भएपछि पहिलो पटक बिहीबार  करङ्गेकोट पुगेका मन्त्री चाैधरीलाई स्थानीयले फुलमालाले भव्य स्वागत गरेका छन् ।

मतदाताहरू सँग भेटघाट गर्न पुगेका मन्त्री चाैधरीलाई स्थानीयले विभिन्न समस्याहरू दर्शउँदै समस्या समाधानको माग समेत गरेका छन् ।

स्थानीयहरूले राखेको माग प्रति आफू निकै सकरात्मक भएको बताउँदै विकट क्षेत्रका गरिव, विपन्न जनताको पक्षमा आफू रहेको र जनताको सेवा सँगै यस क्षेत्रको विकासका लागि आफु मन्त्री बनेको बताए । सो अवसरमा मन्त्री चाैधरीले करङ्गेकोट, थकरीकोट लगायत  विभिन्न गाउँको अवलोकन समेत गरेका छन् ।

सो अवसरमा राप्ती गाउँपालिका वडा नम्बर ९ का वडा अध्यक्ष रिमबहादुर सुनारी मगर, स्वास्थ्य शिक्षा सचेतना सामुदायिक स्वास्थ्य संस्था ( हिको) का अध्यक्ष तथा स्वास्थ्यकर्मी प्रकाश विष्ट, हिको संस्थाका उपाध्यक्ष गरिवु चाैधरी, नेकपा माओवादी केन्द्र राप्ती गाउँपालिका कमिटीका उपाध्यक्ष राजेन्द्र पुजाली, रमेश पन्थी, मन्त्रीका स्वकिय सचिव राजेश चाैधरी लगायतको सहभागीता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे