देशभर चिसो बढ्ने क्रममा, सतर्कता अपनाउन आग्रह



देशभर चिसो बढ्ने क्रममा,  सतर्कता अपनाउन आग्रह

काठमाडौं २३ मंसिर । हाल देशमा उल्लेखनीय मौसमी प्रणाली छैन। मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशका पहाडी भू-भागमा आंशिक बदली रहेको छ।  देशभर चिसो बढ्ने क्रममा रहेकोले चिसोबाट बच्ने आवश्यक सुरक्षा एवं सतर्कता अपनाउन महाशाखाको अनुरोध छ।

बिहीबार प्रदेश नं १ को  भू-भागमा आंशिक देखि सामान्य बदली,  बाँकी प्रदेशको पहाडी भू-भागमा आंशिक बदली तथा अन्य भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। प्रदेश नं १ को पहाडी भू-भागका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। शुक्रबार भने देशको पहाडी भू-भागमा आंशिक बदली र बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। शनिबार पनि देशको पहाडी भू-भागमा आंशिक बदली र बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे