राजधानी जग्गा ब्यवस्थापन कार्यदलद्वारा राप्ती क्षेत्रका सरकारी तथा खाली जग्गा अवलोकन



राजधानी जग्गा ब्यवस्थापन कार्यदलद्वारा राप्ती क्षेत्रका सरकारी तथा खाली जग्गा अवलोकन
भालुवाङ २१ मंसिर ।  प्रदेश राजधानी जग्गा ब्यवस्थापन कार्यदलले देउखुरीकाे राप्ती गाउँपालिकाका क्षेत्रमा रहेका सरकारी र खाली जग्गा अवलोकन गरेको छ । लुम्विनी प्रदेशको राजधानीका लागि जग्गा ब्यवस्थापनका लागि बस्ती बाहेकका क्षेत्रको अवलोकन गरिएको हो ।
राप्ती गाउँपालिका अध्यक्ष नुमानन्द सुवेदी र वडा नं २ का अध्यक्ष जगतबहादुर थापाले कार्यदलका टोलीलाई वडा नं २, ३, ५ र ७ का खाली क्षेत्रको अवलोकन गराएका हुन् । सचिव महेशचन्द्र न्यौपाने, उप सचिव यमकान्त पाण्डे, अनिल मरासिनी, सवअ प्रदेशी चौधरी अधिकृत आठौ मदनबहादुर जिसी लगायतको कार्यदलले स्थलगत अनुगमन गरेको हो ।
सो अवलोकनको क्रममा स्थानिय नागरिकबाट आएको प्रश्नको जवाफ दिदै राप्ती गाउँपालिका अध्यक्ष नुमानन्द सुवेदीले राजधानीका लागि आवश्यक भवन निर्माणका लागि नागरिक बसोवास गर्दै आएका बस्ती नछोईने र हाल खाली रहेका क्षेत्रमा निर्माण गरिने बताए ।
प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे