दाङमा फोरलेन सडक निर्माणको काममा चरम ढिलाई



दाङमा फोरलेन सडक निर्माणको काममा चरम ढिलाई

दाङ २० मंसिर । दाङमा फोरलेन सडक निर्माणको काममा चरम ढिलाई भएको छ । निर्माण सक्नुपर्ने समयमा सडक निर्माण सुुभारम्भ भनेर घोषणा गरिएको फोरलेन सडकको काम अहिले पनि अलपत्र अबस्थामा छ ।

यही मंसिर १० गते प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मी सहित सुरक्षा निकायका प्रमुखहरुलाई राखेर तामझामका साथ सडक सुभारम्भको कार्यक्रम गरेको निर्माण व्यवसायीले कुनै कामको सुरसार गरेको छैन् ।

तथ्य इन्जिनियरिङ एण्ड इन्फ्रा प्रोजेक्टका प्रबन्ध निर्देशक प्रविण ब्रह्मदेब पाण्डेले एक सातामा काम सुरु गर्ने बताए पनि १० दिन बित्दा समेत अझै काम सुरु हुन सकेको छैन् । घोराही तुलसीपुर सडक फोरलेनको बनाउने योजना २०७६ साल असारमा सुरु भई २०७८ बैशाखमा सम्पन्न हुनुपर्ने थियो ।

तर यो बिचमा निर्माणको काम ७ प्रतिशत मात्रै भएको छ । निर्माण व्यवसायीले सडक भताभुंगा पारेर यात्रा जोखिममा पारेका छन् । कार्यक्रममा निर्माण कम्पनीले फोरलेन सडक निर्माणको काम अब आफैले अघि बढाउने बताएको थियो ।

तर अहिले फेरी अन्य दुुई निर्माण कम्पनीलाई जिम्मा दिएको छ । सवा एक अर्ब रुपैयाँको लागतमा बन्ने सडकमा अहिले सम्म १२ करोड रुपैयाँ खर्च भएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे