राप्तीको २ नम्बर वडामा १ हजार बढी नागरिकले कोरोना विरुद्धको खोप लगाए



राप्तीको २ नम्बर वडामा १ हजार बढी नागरिकले कोरोना विरुद्धको खोप लगाए

लालमटिया २० मंसिर । राप्ती गाउँपालिका वडा नम्बर २ मा सोमवार १ हजार ४८ जनाले भेरोसेल खोपको पहिलो मात्रा लगाएका छन् । जसमा महिला ६ सय ७४ जना र पुरुष ३ सय ७४ जनाले खोप लगाएका छन् ।

राप्ती गाउँपालिकाले १८ बर्ष माथीका नागरिकहरुलाई कोरोना बिरुद्धको खोप लगाउने अभियान अन्तरगत उनीहरुले सो खोप लगाएका हुन् । लालमटिया आधारभुत स्वास्थ्य केन्द्रबाट सो खोप लगाइएको हो ।

खोप लगाउन छुटेका सबै नागरिकहरुलाई नागरिकता वा अन्य पहिचान खुल्ने कागजपत्र लिएर प्रस्तावित भालुवाङ अस्पतालको खोप केन्द्रमा मंसिर २३ गते जान आग्रह गरिएको छ ।

खोप अभियानमा सिनियर अहेव दिपक कालाथोकी र सिनियर अनमी हिमा मरासिनीले खोप लगाएको समावेशी रेडियो राप्ती स्रोता क्लवका अध्यक्ष लालमणी भुसालले देउखुरी टुडेका लागि याे समाचार लेखेका छन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे