ऐरावती आदर्श बहुमुखी क्याम्पस लालमटियामा खेलकुद सप्ताह सम्पन्न



ऐरावती आदर्श बहुमुखी क्याम्पस लालमटियामा खेलकुद सप्ताह सम्पन्न

लालमटिया २० मंसिर । ऐरावती आदर्श बहुमुखी क्याम्पस लालमटियामा खेलकुद सप्ताह सम्पन्न भएको छ । क्याम्पसमा बिएड र बिबिएस प्रथम, द्वितीय, तृतीय र चौथो वर्षमा अध्ययनरत विद्यार्थीहरुका विच विभिन्न प्रतिस्पर्धात्मक खेल सञ्चालन गरिएको थियो ।

खेलकुद सप्ताहमा छात्रछात्रातर्फ फुटबल, भलिबल, चम्चा दौड रिले दौड, १०० मिटर दौड, कुर्सी दौड, डोरी तान्ने, ज्याभ्लिङ थ्रो, सटपुट, खेलहरू सञ्चालन गरिएको थियो । गत बुधवार अतिरिक्त क्रियाकलाप सञ्चालन समिति संयोजक भेषबहादुर बुढाथोकीको अध्यक्षता एवं क्याम्पस प्रमुख विष्णुप्रसाद भुसालको प्रमुख आतिथ्यतामा उद्घाटन गरिएको खेलकुद सप्ताहको आज एक कार्यक्रमकाविच समापन गरिएको हो ।

समापन कार्यक्रममा सहायक क्याम्पस प्रमुख विक्रान्त ज्ञवाली ,आनन्दकुमार लामिछाने, व्यवस्थापन सङ्काय प्रमुख रामकृष्ण पौडेल, शिक्षा शास्त्र सङ्काय प्रमुख रमेशप्रसाद कडेलले विजयी विद्यार्थीलाई बधाई एवं शुभकामना व्यक्त गर्दै अतिरिक्त क्रियाकलाप सञ्चालनले विद्यार्थीको शारीरिक र मानसिक विकासमा महत्त्वपूणर् भूमिका निर्वाह गर्ने बताएका थिए । विजयी विद्यार्थीहरूलाई क्याम्पसको वार्षिक उत्सवमा पुरस्कृत गरिने क्याम्पस प्रमुख विष्णुप्रसाद भुसालले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे