देउखुरीकाे सिसहनियाँमा स्वास्थ्य मन्त्रालयका लागि वडा कार्यालयको भवन हस्तान्त्रण



देउखुरीकाे सिसहनियाँमा स्वास्थ्य मन्त्रालयका लागि वडा कार्यालयको भवन हस्तान्त्रण

भालुवाङ १६ मंसिर । लुम्बिनी प्रदेश सरकारले अस्थायी मुकाम बुटवलबाट स्थायी राजधानी राप्ती उपत्यका देउखुरीमा प्रदेश मन्त्रालयको कार्यालय सार्ने क्रम जारी राखेको छ ।

यसै क्रममा बिहिवार स्वास्थ्य जनसंख्या तथा परिवार कल्याण मन्त्रालयको कार्यालय स्थायी राजधानी देउखुरीमा स्तान्त्रण भएको छ । दाङको राप्ती गाउँपालिका वडा नम्बर ५ को वडा कार्यालय भएको भवनमा मन्त्रालय आएको छ ।

मन्त्रालय स्थापनाका लागि गाउँपालिका अध्यक्ष नुमानन्द सुवेदी, उपाध्यक्ष जगदम्बाकुमारी चौधरी र वडा अध्यक्ष गोवर्धन रावतले सो भवन मन्त्री इन्द्रजीत चौधरीलाई हस्तान्त्रण गरेका छन् । बिहिबार मन्त्रालय बस्ने भवनमा बोर्ड राख्ने र झण्डा राख्ने काम भएको छ ।

भवनको मर्मत संभार र रंगरोगन गरेपछि मंसिर मसान्त भित्र मन्त्रालयको उद्घाटन गरिने मन्त्री चौधरीले बताए । यस अघि ग्रामीण, शहरी तथा पर्यटन मन्त्रालय देउखुरीमा आइसकेको छ ।

सो मन्त्रालय देउखुरीमा आए पनि काम भने अस्थायी मुकाम बुटवल बाट हुँदै आएको छ । भौतिक संरचना अनुसार अन्य मन्त्रालयहरु पनि क्रमश देउखुरीमा आउने मन्त्री चौधरीले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे