आदर्श नमुना मावि लालमटियामा हिन्दु जागरण नेपालको विद्यार्थी संघ गठन



आदर्श नमुना मावि लालमटियामा हिन्दु जागरण नेपालको विद्यार्थी संघ गठन

लालमटिया १२ मंसिर । सम्पुर्ण धर्म संस्कार संस्कृति तथा राष्ट्र प्रेमी विद्यार्थीहरु एकजुट होऔ भन्ने मुल नाराका साथ देउखुरीको राप्ती गाउँपालिका २ लालमटियामा रहेको आदर्श नमुना माध्यमिक विद्यालयमा हिन्दु जागरण विद्यार्थी संघ गठन गरिएको छ ।

आइतबार विद्यालयमा भएको एक भेलाले भुवनेश्वर अधिकारीको अध्यक्षतामा ९५ सदस्यीय समिति गठन गरेको छ । नव गठित विद्यार्थी संघको उपाध्यक्षमा फरिडा प्रबिन, सचिवमा सुन्दर रायमाझी, सहसचिवमा केशब आचार्य, कोषाध्यक्षमा प्रभात खनाल रहेका छन् ।

त्यसै गरि सदस्यहरूमा कमल खड्का, केशब भण्डारी, अनिता आचार्य, आशा के.सी, मधु बस्नेत, कैसर खातुन, हिमा थापा मगर, सर्मिला चौधरी, डोमा पुन, अमिसा भण्डारी लगायत रहेका छन् ।

भेलाको सहजीकरण श्रीधर कडेल र हिन्दु जागरण नेपाल विद्यार्थी संघको केन्द्रिय सदस्य तथा प्रसार प्रचार प्रमुख बिरेन्द्र गिरीले गरेका थिए ।

 

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे