दाङमा शुक्रबार थप दुई जनामा कोरोना संक्रमण पुष्टि, दुई जना निको



दाङमा शुक्रबार थप दुई जनामा कोरोना संक्रमण पुष्टि, दुई जना निको

दाङ १० मंसिर । दाङमा शुक्रबार थप दुई जनामा कोरोना संक्रमण पुष्टि भएको छ । राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठान घोराहीमा १० जनाको पिसिआर गर्दा महिला र पुरुष एक/एक जनामा कोरोना पष्टि भएको हो ।

कोरोनामा पुष्टि हुनेमा लमहीका एक र राप्तीका एक जना रहेको जिल्ला आपतकालिन कार्य सञ्चालन केन्द्र दाङले जनाएको छ । यसैबीच शुक्रबार जिल्लामा दुई जना कोरोना मुक्त भएका छन् । मुक्त हुनेमा र घोराही र तुलसीपुरका एक/एक जना रहेको केन्द्रले जनाएको छ ।

अहिले दाङमा कोरोनाका सकृय बिरामी ३५ रहेका छन् । उनLहरु मध्य ५ जना आईसियू सहितको उपचारमा रहेका छन् भने ३० जना घरमै रहेको केन्द्रले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे