सल्यानमा आधा शरिर जलेको अवस्थामा युवकको शव फेला



सल्यानमा आधा शरिर जलेको अवस्थामा युवकको शव फेला

सल्यान १० मंसिर । सल्यानमा एक युवको शव आधा शरिर जलेको अवस्थामा फेला परेको छ । उक्त शव जिल्लाको शारदा नगरपालिका वडा नं. ५ रानीकोट गैरागाउँका अन्दाजी ३० वर्षीय शेर बहादुर चन्द रहेको जिल्ला प्रहरीकार्यलय सल्यानले जनाएको छ ।

चन्दको शव घरदेखि करिब ५० मिटर पश्चिममा शुक्रबार भेटिएको प्रहरीले बताएको छ । मृतकको कोठामा समेत रगत देखिएको हुँदा कसैले घरमा हत्या गरी जलाएको हुनसक्ने प्रहरीको अनुमान छ ।

हत्याको आशंकामा मृतकको भाउजु नाता पर्ने सोहि ठाउँकी २५ वर्षीया लक्ष्मी चन्द र २६ वर्षीया राधा पौडेललाई प्रहरीले पक्राउ गरेका छ । पक्राउ परेका महिला माथि थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे