नेपाली काँग्रेस दाङकाे जिल्ला सभापतिमा शंकर डाँगीद्वारा उम्मेदवारी घोषणा



दाङ ९ मंसिर । नेपाली काँग्रेस दाङका जिल्ला सचिव शंकरप्रशाद डाँगीले पार्टी जिल्ला सभापतिमा उम्मेदवारी दिने घोषणा गरेका छन् । सचिव डाँगीले आफु नै टिमको तर्फबाट सभापति पदको उम्मेदवार बन्ने बताए । डाँगी काँग्रेस केन्द्रीय सदस्य दीपक गिरी निकट छन् ।

यही प्यानलबाट उनले सभापतिमा उम्मेदवारी दिन लागेका छन् । जिल्ला सभापतिमा अन्यको नामपनि चर्चामा छ । ती मध्य युवा नेता डाँगी एक सशक्त उम्मेदवार मानिएका छन् । नेपाली काँग्रेसको १४ औं महाधिबेशन अन्तरगत शुक्रबार मनोनयदर्ताको समय तोकिएको छ भने शनिबार मतदान हुने भएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे