सभ्य समाज निर्माणमा लाग्न राप्ती गाउँपालिकाका अध्यक्ष सुवेदीको आग्रह



सभ्य समाज निर्माणमा लाग्न राप्ती गाउँपालिकाका अध्यक्ष सुवेदीको आग्रह

भालुवाङ ९ मंसिर । राप्ती गाउँपालिकाका अध्यक्ष नुमानन्द सुवेदीले सभ्य समाज निर्माण सवै सरोकारवालाहरूलाई आग्रह गरेका छन् । घरबाट सुरू गरौ महिला हिंसा अन्त्य गरौ भन्ने मुल नाराका साथ राप्ती गाउँपालिका महिला, बालबालिका तथा जेष्ठ नागरिक शाखाको आयोजना एवम् नामसालिङ सामुदायिक विकास केन्द्र, आर.आर.एन, सुआहारा २, लक्ष्मी महिला विकास बचत तथा ऋण सहकारी संस्था र भृकुटी महिला विकास बचत तथा ऋण सहकारी संस्थाको साझेदारीमा आज देखि सुरू भएको लैंगिक हिंसा विरूद्वको १६ दिने अभियानको सुभारम्भ गर्दै सो कुरा बताएका हुन् ।

 

प्रमुख अतिथि समेत रहनु भएका अध्यक्ष सुवेदीले लैंगिक हिंसा हुनुको मुख्य कारण घरेलु मदिरा रहेको बताए । मदिराले मातेर परिवार भित्र कलह हुनु, हत्या हुनु, कुटिनु परेको बताए । हिंसा न्युनीकरणका लागि स्थानीय सरकार सँगै सरोकारवालाहरूको भुमिका महत्त्वपूर्ण रहने बताए।

गाउँपालिकाकी उपाध्यक्ष जगदम्बाकुमारी चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा नेपाली कांग्रेस राप्ती गाउँपालिकाका निर्वतमान सभापति दुर्योधन पाण्डे, नेकपा माओवादी राप्ती गाउँपालिकाका अध्यक्ष धर्मराज अधिकारी, जनता समाजवादी पार्टीका राप्ती गाउँपालिका अध्यक्ष रणप्रसाद सुवेदी, राष्ट्रिय जनमोर्चा राप्ती गाउँपालिकाका अध्यक्ष केशवराज खनाल, राप्रपा राप्ती गाउँपालिकाका अध्यक्ष टेकबहादुर गिरी, रेडियो राप्ती तथा राप्ती टेलिभिजनका स्टेसन म्यानेजर ओमप्रकाश गुप्ता लगायतका वक्ताहरूले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

नामसालिक सामुदायिक विकास केन्द्रका विनोद निरौलाको स्वागत मन्तव्यबाट सुरू भएको कार्यक्रमको सञ्चालन राप्ती गाउँपालिका महिला, बालबालिका तथा जेष्ठ नागरिक शाखाका प्रमुख जिवनकुमारी जिसीले गरेकी थिइन । कार्यक्रममा रेडियो राप्ती तथा राप्ती टेलिभिजनले मिडिया पार्टनरको भुमिका निर्वाह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे